कोरोना संक्रमित आठ हजार छ सय पाँच पुगे, कुन जिल्लामा कति संक्रमित थपिए ? – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

कोरोना संक्रमित आठ हजार छ सय पाँच पुगे, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । कोभिड १९ पोजेटिभ देखएकाको सँख्या नेपालमा दैनिक पाँच सय बढी देखिदै आएकोमा बृद्धीको गति रोकिएर शनिबार तीन सय ३१ जना मात्र संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले शनिबार थपिएका तीन सय ३१ सहित नेपालमा कुल संक्रमितको संख्या आठ हजार छ सय पाँच पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार शनिबार वाँकेमा ६८ जना, डोटीमा ६१ ज्ना, पाल्पामा ३३ जना, नवलपरासी पूर्वमा ३२ जना, महोत्तरीमा २४ जना, तनहुँमा २३ जना, बागलुङमा २० जना, बैतडीमा १८ जना, गुल्मीमा १८ जना, डडेलधुरामा १२ जना र सर्लाहीमा ८ जना थपसंक्रमित फेला गरेका छन् ।

त्यस्तै, मोरङ्गमा १०, प्युठानमा ८, धादिङमा ८, भक्तपुर ७, रौतहटमा ७, वर्दीयामा ७, सुनसरीमा ५, बारामा ४, कैलाली ३, रामेछापमा ३, खोटाङमा ३, कैलालीमा ३, उदयपुरमा २, रुकुम पश्चिममा १, झापमा १, रुपन्देहीमा १ र काठमाडौंमा १ जना कोरोनाका संक्रमित थप भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २४ वटा प्रयोगशालामा हालसम्म एक लाख ६९ हजार एक सय ६५ जनाको परिक्षण भइसकेको छ । हालसम्म क्वारेन्टाइनमा एक लाख दुई हजार दुई सय ४५ जना रहेका छन् भने आइसोेलेसनमा साता हजार पाँच जना रहेका छन् ।

शनिबार पनि देशभरीको आइसोलेसनबाट एक सय ७६ जना डिष्चार्ज भएका छन् । संक्रमण ७४ जिल्लामा फैलिएको छ ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ असार ६, १८: ४२

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ असार ६, १८: ४२

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ असार ६, १८: ४२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...