स्थानीय सरकार जनताको नजिकको सरकारः पूर्व प्र.म. देउवा – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

स्थानीय सरकार जनताको नजिकको सरकारः पूर्व प्र.म. देउवा

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा उच्च प्राथमिकताः नगरप्रमुख गिरि

चन्द्रागिरि नगरपालिकाको पाँचौं नगर सभा असार १० गते नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

नगरसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकोले स्थानीयस्तरमा जनताका समस्याहरु समाधानका लागि अझ बढि प्रभावकारी रुपले कार्य गर्न स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

चन्द्रागिरि नगरपालिका धार्मिक, साँस्कृतिक र पर्यटकीय हिसाबले सम्पन्न नगरपालिका भएको बताउदै पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले चन्द्रागिरि नगरपालिकाको विकास र समृद्धिका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगरसभामा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरबासीको माग र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरको विकास र समृद्धिका लागि आगामी दिनमा नगरपालिका अझ बढि सक्रिय भएर लाग्ने बताए ।

नगर प्रमुख गिरीले नगरपालिकालाई समृद्ध र नमूना नगरपालिका बनाउन आफू लागिपरेको बताए ।

नगरपालिकाले नगरबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने र नगरको दीर्घकालिन विकासमा सहयोग पुग्ने खालका योजनाहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रमुख गिरीले बताए ।

विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका अहोरात्र क्रियाशिल रहेको बताउदै नगर प्रमुख घनश्याम गिरीले आगामी बर्षको नीति तथा कार्यक्रममा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकता दिइएको बताए ।

नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख घनश्याम गिरीले स्वास्थ्य, शिक्षा, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन, कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायतका क्षेत्रलाई सँधै प्राथमिकता राखेर नगरपालिकाले काम गरिरहेको बताए ।

नगर प्रमुख गिरीले नगरपालिकाको दिर्घकालिन र व्यवस्थित विकासका लागि नगरपालिकाले संघीय सरकार र प्रदेश सरकार लगायत सरोकारवाला निकायहरुसंग समन्वय गरेर नगरको विकासमा लागि परेको बताए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिका साँस्कृतिक तथा पर्यटकीय हिसाबले सम्पन्न नगरपालिका भएको उल्लेख गर्दै नगरपालिकालाई पर्यटकीय, साँस्कृतिक र नमूना नगरपालिका बनाउन आफू लागि परेको बताए । नगरपालिका भित्र भएका साँस्कृतिक सम्पदाहरुको संरक्षणका लागि विशेष पहल गरिरहेको पनि बताए ।

नगरसभामा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लिशा नकर्मीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका साथै सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग, एकल महिला लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको बताईन् ।

नगरसभामा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले नगरपालिकामा चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरुको कार्यान्वयनलाई विशेष ध्यान दिएर कार्य गरिरहेको बताए ।

हालसम्मको योजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताउदै आगामी आर्थिक बर्षमा नगरपालिकाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका साथै नगरबासीसंग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताए ।

नगरसभामा संघीय संसद्को सदस्यहरु राजेन्द्र कुमार केसी, बिना श्रेष्ठ र अञ्जना बिशंखे, बागमती प्रदेशका प्रदेशसभा सदस्यहरु केशव पोखरेल र रमा आलेमगर, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), चन्द्रागिरि नगर कमिटीका अध्यक्ष रामशरण आलेमगर, नेपाली कांग्रेस चन्द्रागिरि नगर समितिका काबा अध्यक्ष कृष्ण महर्जन लगायतले नगरको समग्र विकास र समृद्धिका लागि आगामी दिनमा अझ बढि सक्रिय भएर कार्य गर्नुपर्ने बताउदै कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नगरपाकिाले आगामी बर्षको बजेटमा विशेष प्राथिमिकताका साथ कार्य अगाडि बढाउनुपर्ने राय प्रस्तुत गरे ।

संघीय संसद्का सदस्य राजेन्द्र के.सी.ले आफ्नो क्षेत्र अन्र्तर्गत रहेको यस नगरपालिकाले कोभिड–१९ को जटिल परिस्थितिमा नगरवासीलाई महामारीबाट बचाउन नगर प्रमुख घनश्याम गिरी लगायत नगर समितिका पदाधिकारीले उल्लेखनीय कार्य गरेको बताए ।

नगरसभामा चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाले दीर्घकालिन र व्यवस्थित विकासका लागि शिक्षा, स्वास्थ्य, सडक बाटो निर्माण, फोहरमैला व्यवस्थापन, सरसफाई, सामाजिक विकास, आर्थिक विकास र पर्यटन प्रबद्र्धनलाई आगामी दिनमा अझ बढि प्रभावकारी रुपले कार्य गर्नुपर्ने बताउदै आफूहरु नगरको समग्र विकासका लागि सँधै नगरपालिकाको साथ रहेको बताए ।

सम्बन्धित समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ असार ११, १३: ४६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ असार ११, १३: ४६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ असार ११, १३: ४६

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...