

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार र पार्टी चलाउने कार्यशैलीबाट कोरोनाको कहरमा परेका आमनागरिक मात्र होइन, उनले नेतृत्व गरेको पार्टीका अर्का अध्यक्ष र वरिष्ठ नेताहरु नै आजित बनेका छन् ।
प्रधानमन्त्री ओलीको कार्यशैली र व्यवहारलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त अहंकारीको उपमा पनि दिए । उनले पार्टी एकता हुँदा गरिएको पाँच बुँदे सम्झौतालाई कडाइका साथ पालना नगरी सहमतिलाई जोड दिँदै लचकता अपनाएकै कारण अर्का अध्यक्ष ओलीमा अहंकार बढेको पनि स्वीकार गरेका हुन् ।
सरकार संचालनका क्रममा जनताको हित र कल्याणका पक्षमा काम गर्न नसकेको र भ्रष्टाचार तथा वेथिति बढीरहँदा समेत सरकारको उपस्थिति नदेखिएको भन्दै पार्टी भित्रकै नेताहरुको चर्को विरोधी यतिवेला ओलीले सहनु परेको छ ।
महिनौं दिनदेखि राख्ने भन्दै लकडाउनको कारण देखाउँदै सार्दै गरिएको सत्तारुढ नेकपा स्थायी समितिको असार १० देखि बसेको बैठकमा शीर्ष नेताहरु नै यसरी प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध खनिएका हुन् ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नौ सदस्यीय सचिवालय सदस्यहरुलाई समेत थाहै नदिई संवैधानिक परिषद् संचालन सम्वन्धि ऐन र राजनीतिक दल सम्वन्धि ऐन संशोधनको अध्यादेश गत चैतमा प्रधानमन्त्री ओलीले ल्याएपछि उनीसँग क्रुद्ध बनेका नेताहरु खुलेर मैदानमा उत्रिएका थिए ।
अनेक वाहाना गर्दै स्थायी कमिटीको बैकठ सार्दै आएका ओलीमाथि असार १० गतेदेखि बसेको बैठकमा शीर्ष नेताहरुले ओलीमाथि खुलेर प्रहार गरेका थिए । बुधबारको बैठकमा प्रचण्डले आफूसँग पार्टी एकता भएको बेला गरिएको सहमतिलाई अर्का अध्यक्ष ओलीले अक्षरस कार्यान्वयन नगर्दा समेत आफूले असहमति नजनाई लचकता अपनाउँदा ओलीमा अहंकार बढेको वताएका थिए ।
उनले सहमति अनुसार सरकारको नेतृत्व आधा, आधा समय गर्ने भनिएकोमा ओलीकै प्रस्तावमा पार्टीको जिम्मेवारी एउटाले र सरकारको जिम्मेवारी अर्कोले हेर्ने भनियो तर अहिले त्यो पनि कार्यान्वयन नभएको गुनासो गरे ।
आफै अध्यक्ष भएको पार्टीको नेतृत्वमा सरकार भए पनि जनताको जनजीविकाको सवालमा सरकारले काम गर्न नसकी असफल भएको दाबी गरे । उनले सरकारको अलोकप्रीयता र आलोचना झन बढेको भन्दै यस्तै गतिमा सरकार चल्ने हो भने आगामी दिनमा पार्टी नै समाप्त भएर जाने चेतावनी दिए ।
नेकपा स्थायी कमिटीका एक सदस्यका अनुसार प्रचण्डले पार्टीका सामू अब फाईट टु फिनिस वा एकताबद्ध हुने भन्ने दुई वटा मात्र बाटो वाँकी रहेको बताए । प्रचण्डले आफूले सहमतिको लागि त्याग गरिए पनि सहमति कार्यान्वयन नगर्नेहरुबाट पनि आत्माआलोचना वा गल्ती स्वीकार्नु पर्ने चेतावनी दिए ।
प्रचण्डको भनाई सुनेपछि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भने पार्टी एकता गर्दा बहुमत वा अल्पमतको आधारमा नभइ सहमतिको आधारमा पार्टी चलाउने सम्झौता भएको दाबी गरे । उनले आफूबाट गल्ती भए सच्चिन तयार भएको जनाउँदै सरकार र पार्टी भित्र वाहिर र भित्रैबाट पनि प्रहार हुन थालेको गुनासो गरेका थिए ।
प्रधानमन्त्री ओलीले सरकारले आफ्नो झण्डै अढाई वर्षको कार्यकालमा धेरै जनमुखि कार्य गरेको दाबी गरेका थिए । तर, ओलीको एकोहोरो सरकारको गुणगान गाउने र प्रशंशा गर्ने भाषणबाट दिक्क भएका स्थायी कमिटीका सदस्यहरुलाई बरिष्ठ नेता माधवकुमार नेपालले भने राम्रै खुराक दिएका थिए ।
ओली बोलिरहँदा वरिष्ठ नेता नेपालले सरकारले कति धेरै राम्रो काम गर्यो वा गरेन भन्ने कुरा बालुवाटारमा होइन, जनताका माझमा गएर उनीहरुको कुरा सुनेर मात्र थाहा हुने बताए । उनले अध्यक्ष ओली बोलिरहँदा बीच बीचमा आपत्ति जनाएका थिए ।
नेता नेपालले सरकारले राम्रो काम गरेको भनेर प्रशंशा गरिएका भाषण सुन्दा सुन्दा आफूहरुको कान नै दुखिसकेको भन्दै नयाँ र यथार्थ जानकारी बैठकमा गराउन माग गरे । उनले सरकार र सरकारमा बसेका केही मान्छेहरु डुङडुङ्ती गनाउन थालेको भन्दै लकडाउनको संकटनमा समेत सरकारको उपस्थिति नदेखिएको भन्दै आलोचना गरेका थिए ।
ओलीमाथि विगतमा तितो ओकल्ने नेता घनश्याम भूषाललाई मन्त्री बनाए पछि ओलीमाथि खनिने नेकपा अर्का नेता थिए, भिम रावल । उनले बुधबारको बैठकमा अध्यक्ष ओली र प्रचण्डलाई अन्य नेताभन्दा फरक आसन राखिएको र शुक्रबारको बैठकमा अध्यक्ष ओली अनुपस्थित भएकोमा आपत्ति जनाएका थिए ।
ओली पक्षधर नेताहरुले भने ओलीको प्रतिरक्षा गर्ने कुनै दाबी पेश गर्न नसकेपछि सरकारको राष्ट्रवादी कदमलाई देखिनसहनेले सरकारको आलोचना गरेको दाबी गरेका छन् । पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफू अल्पमतमा परेका ओलीले पद जोगाउनकै लागि चिनियाँ दूतावासको शरणमा परेका थिए ।
उनले कोरोना भाइरसक संक्रणको संकट र लकडाउनको समय भएकोले यो सकिनासाथ पद त्याग गर्ने आश्वासन पार्टीमा शीर्ष नेतालाई दिलाएका थिए ।
तर, हरेक राष्ट्रि मुद्धामा एक्लै अघि बढ्ने कार्यशैली अपनाएका ओलीले भारतद्धारा अतिक्रमित भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेर राष्ट्रवादी नेताको छवि बनाउनकै लागि ति स्थानलाई समेटेर नयाँ नक्सा जारी गरेका छन् ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...