कांग्रेस सांसद छन्त्यालको निधन – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

कांग्रेस सांसद छन्त्यालको निधन

काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञान कुमारी छन्त्यालको बुधबार विहान बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारको क्रममा निधन भएको छ । २०१४ मा बाग्लुङ्ग जिल्ला ढोरपाटन नगरपालिका वडा नं. १ बुर्तिबाङ्ग निवासी छन्त्याल प्रतिनिधिसभाकी सदस्य हुन् ।

२०७० मा वाग्लुङ्गको निर्वाचन क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित र २०७४ मा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधिसभामा सदस्य भएकी छन्त्याल ०४६ बाट कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेकी थिइन ।

नेपाल महिला संघ बागलुङ जिल्ला अध्यक्ष, कांग्रेस जिल्ला कार्यसमिति बागलुङ सदस्य, जिल्ला कार्यसमितिको सल्लाहकार, महासमिति सदस्य जस्ता पार्टीको विभिन्न पदमा रहेर पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी छन्त्याल राजनीतिकसहित सामाजिक क्षेत्र र ग्रामीण विकासका कार्यहरुमा सक्रिय थिइन् ।

छन्त्यालको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार्को बैठकले छन्त्यालको निधनबाट पार्टीले एक निष्ठावान र कुशल महिला नेतृलाई गुमाएर अपूरणीय क्षति पुगेको जनाएको छ ।

स्वर्गीय छन्त्यालप्रति सम्मान प्रकट गर्दै कांग्रेसले असार १८ गते विहिवारका दिन पार्टी केन्द्रीय कार्यालय वन्द गर्नुका साथै केन्द्रीय कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने र विहीबार पार्टीको कुनै पनि औपचारिक कार्यक्रम नगरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाए । स्वर्गीय छन्त्यालको बुधबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको थियो ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ असार १७, १७: ३१

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ असार १७, १७: ३१

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ असार १७, १७: ३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...