कोरोना संक्रमितको संख्या थप – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

कोरोना संक्रमितको संख्या थप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ललितपुरका २, भक्तपुरका २ र काठमाडौं २८ सहित ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ। थप नया ४७३ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या पाँच हजार तीन सय २० जना पुगेको छ ।

आइसोलेसनमा १० हजार एक सय जना रहेको बताए । आइसोलेसनमा कूल २ लाख ३७ हजार ७ सय ६४ रहेका छन् । २४ घण्टामा ४ हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो। घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। बिहीबार मात्र जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको हो। संक्रमित हुनेमा प्रदेश १ मा ६३६, प्रदेश २ मा ३९०९, बागमती ५०५, गण्डकी १ हजार ०८४, प्रदेश ५ मा ३ हजार ८५३,कर्णाली प्रदेशमा १ हजार ५१२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २० जना रहेका छन् ।

हालसम्म कोरोना जित्नेको संख्या ५ हजार ३२० पुगेको छ। हालसम्म क्वारेन्टाइनमा ३८ हजार १०९ जना रहेका छन् । आइसोलेसनमा भने १० हजार १३७ जनाको उपचार भइराखेको छ ।

सम्बन्धित समाचार

त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी, चालक घाइते
  • २०७७ असार १८, १७: ०६

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे...

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगित
  • २०७७ असार १८, १७: ०६

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित ७२ कारोबार सदस्य...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित
  • २०७७ असार १८, १७: ०६

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । जापानको नायोगास्थित तोकाइ...