कोरोना संक्रमितको संख्या बढ्दै – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौं । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

योसँगै कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज ६ हजार १ सय ४३ जना भएका छन् ।

यसैबीच कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक ८५ वर्षको वृद्धको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

बिरामी उच्च रक्तचाप र पार्किन्सनको वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सम्बन्धित समाचार

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको पूजा–आराधना गरिँदै
  • २०७७ असार १९, १७: २७

काठमाडौं । आज हरिपरिवर्तिनी एकादशी । भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी, वामन एकादशी वा जयन्ती एकादशीका रूपमा मनाउने...

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ असार १९, १७: २७

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ असार १९, १७: २७

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...