कठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ जेठ २६ गते बसेको बैठकले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको संयोजकत्वमा गठन गर्ने निर्णय गरे बमोजिम ‘कोभिड-१९ अनुगमन समिति’ लाई पूर्णता दिएको छ । समितिमा कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरु सहित ३५ सदस्य रहेको कांग्रेसले जनाएको छ ।

समितिको सदस्यमा केन्द्रीय सदस्यहरु एन.पी. साउँद, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, पार्वता डी.सी. चौधरी, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत र योगेन्द्र चौधरी रहेका छन् ।
समितिमा आमन्त्रित केन्द्रीय सदस्य रमा कोइराला पौडेल, धु्रव वाग्ले, सांसद दिव्यमणि राजभण्डारी, पूर्वसांसद राजीवविक्रम शाह, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, डा. पोषराज पाण्डे, डा. प्रभु बुढाथोकी, डा. माधवी भट्ट, डा. लक्ष्मीराज पाठक, डा. मुक्तिराम श्रेष्ठ, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, डा. अच्युत वाग्ले, सूर्यकान्त घिमिरे, प्रेमध्वज लामा, प्रा.डा. धनेश्वर नेपाल, डा. किरण रेग्मी, रवीजंग पाण्डे, बद्री अर्याल, लालबहादुर पुन, देवीप्रकाश भट्टचन, डा. अशेष ढुंगाना, दिपकराज भट्ट,सरिन घिमिरे, विमल ढकाल र सदस्य सचिवमा डा. प्रदीप पराजुली रहेका छन् ।
समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले कोभिड–१९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा स्वास्थ्य र अर्थ मन्त्रीहरुसंग भएको छलफल, क्वारेन्टाइन अनुगमन गर्दाको अवस्था लगायत हालसम्म भएका विविध विषयमा निर्णय गरेको थियो ।
बैठकले समितिको कार्यदिशा तथा कार्ययोजनालाई सर्वसम्मत पारित गर्दै स्वास्थ्य, शिक्षा, पर्यटन, वैदेशिक रोजगार, अर्थ, उद्योग तथा वाणिज्य लगायतका विभिन्न क्षेत्रहरुमा कोरोनाले पारेको प्रभाव र प्रभाव न्यूनिकरण गर्न हालसम्म सरकारबाट गरिएका गतिविधिका बारेमा अध्ययन गर्न छुट्टाछुट्टै समूह गठन गर्ने निर्णय गरेको छ ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...