केन्द्रीय सदस्य विष्टका अबैधानिक क्रियाकलाप रोक्न माग – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

केन्द्रीय सदस्य विष्टका अबैधानिक क्रियाकलाप रोक्न माग

काठमाडौं । नेपाली कांग्रेसको संयुक्त राज्य अमेरिकास्थित नेपाली जनसम्पर्क समितिका एक सय १८ जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य गोरख (आनन्द) विष्टलाई कारबाही गर्न माग गरेका छन् ।
जनसम्पर्क समितिका विष्णु सुवेदी, धनञ्जय नरसिंह केसीसहितका एक सय १८ जनाले बुधबार कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष निवेदन दिँदै नेपाली जनसम्पर्क समिति अमेरिकाको लामो समयदेखि पूर्वअध्यक्ष गोरख (आनन्द) विष्टले अवैधानिक तवरले कब्जा जमाएको आरोप लगाएका छन् ।
सन् २०१४ मा टेक्सासमा अधिवेशन भएको ६ वर्ष बितिसक्दा पनि र मातृपार्टी काँग्रेसको विधानअनुसार पदमुक्त भएपनि विभिन्न बहानामा अधिवेशन टार्दै आएका विष्टमाथि ति पदाधिकारीले संगठनलाई तहसनहस र धरासशी बनाएको आरोप लगाएका छन् ।
२०७६ साल कात्तिक ५ गते छ महिनाको समय दिई अधिवेशन सम्पन्न गर्न पार्टीले निर्देशन दिएको समय गुज्रिसकेको भन्दै अहोरात्र खटेका पार्टीका साथिहरुसँगको व्यक्तिगत द्वेष, वैरभाव र पूर्वाग्रहद्वारा निर्देशित भई असंवैधानिक कार्य गर्दै आएका विष्टमाथि कारबाहीको माग गरिएको छ ।
उनीहरुले पार्टीको नियमावली र विधान अनुसार पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई पार्टीको निकाय भनी परिभाषित गरेकाले पार्टी विधानको धारा ५८ बमोजिम विष्टको आमन्त्रित केन्द्रीय सदस्य पद पनि स्वतः हटाउन माग गरेका छन् ।
तत्कालिन नेपाली जनसम्पक समितिको अध्यक्षको हैसियतमा आमन्त्रित केन्द्रीय सदस्यमा नियुक्त भएका विष्टको पद पनि स्वत बैशाखदेखि नै रिक्त भइसकेको उनीहरुले माग गरेका छन् ।
विष्टले अवैधानिक ढंगले नेपाली जनसम्पर्क समिति अमेरिकाको नाममा विभिन्न अवान्छित गतिविधि गर्दै आएको भन्दै ति पदाधिकारी र सदस्यहरुले काँग्रेसको विधान अनुसार टेक्सास अधिवेशनबाट निर्वाचित र वरियताक्रममा दोश्रो कार्यसमितिका वरिष्ठ उपसभापतिलाई कार्यवाहक सभापति कायम गरी उक्त समितिलाई अधिवेशन सम्पन्न गर्ने गरी निर्देशन दिन अनुरोध गरेका छन् ।
यसरी विष्टलाई पदबाट मुक्त गर्नको लागि माग गर्नेहरुमा अमेरिकास्थित जनसम्पक समितिका पदाधिकारी र सदस्यहरुमा विष्णु सुवेदी, धनन्जय नरसिंह के सी, ईश्वर सापकोटा, कृष्ण लामिछाने, हरिवोल भण्डारी, प्रमोद सिटौला, भक्त थापा, सुभाष घिमिरे, श्यामकाजी गुरुङ्ग, राम मिश्र, प्रियरन्जन दाहाल, अन्नतराज सुवेदी, अन्जन चौलागाई, प्रतिक पाण्डे, लाल काफ्ले, भोजराज घिमिरे, राज सेन्चुरी, डा. चिरन्जिबी भट्टराई, नारायण खनाल, यादव दुलाल, राजेन्द्र थापा, दीप चटौत, सोमनाथ घिमिरे, प्रभात सापकोटा, नेत्र के सी, श्रीराम थापा, भेषराज कंडेल, जगन्नाथ गौतम, सुवर्ण लामा, ज्ञानेल थापा, कृष्ण के सी, मुक्ति पन्त, सागर कंडेल, दिनेश पाण्डे, विनोद थापा, मनोज घिमिरे, वासु खनाल, ईन्द्र सिटौला, दीपक घिमिरे, रामकुमार सुवेदी, विक्रम आत्रेय, प्रविण घिमिरे, दीपक गौतम, अनन्तराज न्यौपाने, सूर्य तिवारी, कृश सुवेदी, नर्वदा सापकोटा, मोना शर्मा, मनोज शर्मा, उपेन्द्र शर्मा सापकोटा, अनिता भट्टराई, सुनिता पाण्डे, विनोद सुवेदी, अनन्त न्यौपाने, अमृत सापकोटा, राज यादव, अमिता यादव, राजेश थापा, सुमित्रा थापा, बुद्ध महर्जन, देवेन्द्र श्रेष्ठ, रविसिंह बस्नेत, सुरेश हमाल, रविश वाईबा, क्रान्ति अर्याल,संगीता सेन्चुरी, प्रेम परियार, दीपक कुमार पाठक, कृष्ण केसी, मदन पाण्डे, बिनी पाण्डे, हरि ओझा, इन्द्रा सिटौला, मुकुन्द घिमिरे, सागर अधिकारी, कैलाशसेन थापा, मिङ्गमार शेर्पा, ओम प्रधान, शम्भु बिष्ट, हेमन्त सिटौला, प्रकाश ओली, रेवती सापकोटा, प्रसन्न संग्रौला, प्रवेश सुवेदी, रबिन्द्र राई, गोविन्द सुवेदी, विश्व पन्त, मनोहर बोगटी, अमृता राना, रामकृष्ण भट्ट, कपिल शरण वाग्ले,संगम बानिया, प्रदीप भण्डारी, ऋषि अधिकारी, अन्जु थपलिया, फुर्बा शेर्पा, नामलाल श्रेष्ठ, दीपक गौतम, बेगम पण्डित, कृष्ण खनाल, राज कुमार हमाल, वीरेन्द्र मानन्धर, दीपक पन्त, विपिन कोईराला, दिनेश भण्डारी, रवि अर्याल, खेम न्यौपाने, होम गुरूड, शिव सुवेदी, महेश्वर घिमिरे, प्रकाश अर्याल, कमला पन्त, रामेश्वर वुर्लाकोटी, दिपा गौतम, ज्योती पौडेल र मणि न्यौपाने रहेका छन् ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ असार २६, १३: ५९

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ असार २६, १३: ५९

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ असार २६, १३: ५९

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...