
काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाउँदै कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ।
सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा.डा. बिनिता प्रधान र डा.पूजा शाहमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड भएको थियो।
‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटनाप्रति संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारि विज्ञप्तिमा भनिएको छ।
उपचारमा कुनै त्रुटि भएको शंका लागे कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि कुटपिट र तोडफोड गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने संघले बताएको छ।
संघले चिकित्सकमाथि कुटपिटमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को पहिलो संशोधन २०७९ अनुसार कारबाही गर्न पनि माग गरेको छ।
हेर्नुस् विज्ञप्ति –
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...