मानवअधिकार अयोगकी सदस्यको भनाई प्रति अध्यक्षको आपत्ति, सरिताले गरिन सदस्यको प्रसंशा – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

मानवअधिकार अयोगकी सदस्यको भनाई प्रति अध्यक्षको आपत्ति, सरिताले गरिन सदस्यको प्रसंशा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अंसारीले प्रतिनिधिसभाकी सदस्य सांसद सरित गिरीलाई उनको पार्टी समाजवादी पार्टी नेपालले कारबाही गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति आयोगकै अध्यक्षले असहमति जनाएका छन् ।

आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगकी सदस्य अन्सारीले सांसदलाई एउटा दल विशेषले गरेको कारबाही प्रक्रियालाई लिएर गरिएको टिप्पणी आयोगको आधिकारिक धारणा नभएको भन्दै आयोगको मर्यादाविपरित सदस्य अन्सारीले दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

आयोगकी सदस्य अन्सारीलाई आयोग अध्यक्षले जारी गरेको विज्ञप्तीप्रति भने हालै समाजवादी पार्टीले पार्टी सदस्यताबाट निकालिएकी संघीय संसदकी सदस्य सरिता गिरीले साथ दिँदै आयोग अध्यक्षप्रति असहमति जनाएकी छन् ।

निवर्तमान सांसद गिरीले आयोगकी सदस्य अन्सारीले असार २३ गते आफूलाई पार्टीले गरेको कारवाहीको विरोध गर्दै गरिएको ट्वीटलाई आधार बनाएर असार २५ मा जारी गरेको विज्ञप्तीप्रति अपत्ति जनाइन् ।

आयोग अध्यक्ष शर्माले आयोगकी सदस्य अन्सारीको अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन खोजेको भन्दै सो विज्ञप्ती महिलाहरुलाई मौन राख्न र नियन्त्रण गर्न अपनाइएको एउटा खास विधिको अंग भएको आरोप लगाएकी छन् ।

राजनतिक दल सम्बन्धी ऐन २०७३ अनुसार पार्टीको ३२५ केन्द्रिय सदस्य मात्र कसैको विरुद्ध अनुशासनको कारवाही गर्न सक्ने सामथ्र्य केन्द्रीय समितिले राख्ने गिरीले जनाएकी छन् । उनले राज्यको सार्वजनिक र राजनीतिक जीवनको संचालन रहस्यमयी दल ले होई न , संविधान र कानून ले गर्ने हो भनी दाबी गरेकी छन् ।

संघीय कानून को उल्लंघन गरेको अवस्थामा पनि दलको गरिमाको रक्षाको आशय व्यक्त गर्दै आयोगले विज्ञप्ति जारी गर्नु खेदजनक भएको भन्दै गिरीले आयोगले सबै सम्बन्धित कानून तथा पक्षको अध्ययन गरी मोहना जी को बारेमा निकाले को आफनो विज्ञप्ति फित्र्ता लिन माग समेत गरेकी छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ असार ३०, १२: ३५

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ असार ३०, १२: ३५

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ असार ३०, १२: ३५

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...