
काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसमा आइतबार ‘डाइवेटिज टक’ कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा पद्मकन्या बहुमुखी क्याम्पस, त्रिवि गृहविज्ञान विभाग, हेल्थ एक्स्चेञ्ज नेपाल र डाइवेटिज नेपालको संयुक्त आयोजनामा पद्मकन्या बहुमुखी क्याम्पसमा ‘डाइवेटिज टक’ कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा स्वास्थ्यबिज्ञहरुले डायवेटिज के कारणले हुन्छ र त्यसबाट कसरी जोगिन सकिन्छ भन्नेबारेमा जानकारी गराएका थिए।
बेलायतका जेरेमी टनरले ओस्टियोपोरोसिस एण्ड डाइवेटिज, बेलायतबाटै आएका सत्यन राजभण्डारी मधुमेहका बिरामीले खानामा ध्यान दिनुपर्ने कुराहरु तथा प्रदीपकुमार श्रेष्ठले माइक्रो वायोम एण्ड डाइवेटिज र राजेन्द्र ताम्राकारले इन्सुलिन उपचार बिधिका बारेमा छुट्टाछुट्टै प्रस्तुती दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख प्रा.डा.जयालक्ष्मी प्रधानले यस किसिमको कार्यक्रमबाट क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी लाभान्वित हुने बिश्वास व्यक्त गरिन्। सो छलफल कार्यक्रममा प्राध्यापक, कर्मचारी र विद्यार्थी गरी ११० जनाको सहभागिता रहेको थियो।
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...