
चितवन । भरतपुर महानगरपालिकाले नेपाली सेनाको एक बटालियनलाई हटाएर भरतपुर विमानस्थल बिस्तार गर्ने भएको छ ।
महानगरको पूर्वपश्चिम राजमार्गस्थित चौविसकोठीमा रहेको नेपाली सेनाको कालिबहादुर बटालियनको ब्यारेक हटाएर बिमानस्थल बिस्तार गर्ने निर्णय महानगरपालिकाले गरेको हो ।
भरतपुर विमानस्थल विस्तारका क्रममा सो योजना क्षेत्र भित्र रहेको नेपाली सेनाको कालीबहादुर गण हटाएर ब्यारेक आँपटारीमा सारिने भएको हो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल र सरोकारवालाहरुको बुधबार बसेको बैठकले यस्तो सहमती बनाएको हो । प्रमुख दाहालले जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितलाई बोलाएर छलफल गरेकी थिइन् ।
छलफलका क्रममा भरतपुर १० मा रहेको नेपाली सेनाको ब्यारेकलाई भरतपुर–१ आँपटारीमा रहेको दियालो बंगला क्षेत्रमा सार्ने सहमति भएको भएको हो ।
“नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बंगलामा जान सहमत भएको छ” दाहालले भनिन “सेनाको घोडा फर्म (प्रजनन केन्द्र) समेत भरतपुर–११ बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको छ ।”
छलफलमा बागमती प्रदेशसभा सदस्यहरु घनश्याम दाहाल, विजय सुवेदी र मिलनबाबु श्रेष्ठले विमानस्थल विस्तार गर्नु आजको आवश्यकता भएकाले सेनाले विकास निर्माणमा देखाएको कामको प्रसंशा गरेका थिए ।
विमानस्थल विस्तारका लागि सेनाको ब्यारेकको आवश्यक जग्गा लिने र बाँकी रहेको ठाउँमा सेनाको टुकुडी राख्दा विमानस्थलको सुरक्षा समेत मजबुत हुने विश्वास छलफलमा सहभागीले राखेका थिए ।
छलफलमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सेनाको ब्यारेक सरेर विमानस्थल विस्तार भएपछि बाँकी रहेको स्थानमा सेनाको एयर बेस र लजिस्टिक राख्न दिइने बताए । उनले जति सक्दो छिटो सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थल विस्ताको काममा अगाडि बढ्नुपर्ने बताए ।
भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले विमानस्थल विस्तारका लागि गुरुयोजना निर्माणको काम शुरु भएको बताए । नागरिक उड्डयन प्राधिकरणले भरतपुर विमानस्थललाई आन्तरिक तर्फको क्षेत्रीय विमानस्थल बनाउनेगरी गुरु योजना बनाएको छ ।
योजनाको डीपीआर निर्माणको काम शुरु भइसकेको छ भने सेनाको ब्यारेक स्थानान्तरण भएपछि विमानस्थल विस्तारको काम तत्काल सुरु गरिने छ ।
हाल भरतपुर विमानस्थलको धावन मार्ग १२ सय मिटरको भए पनि नौ सय मिटर धावन मार्ग मात्रै प्रयोगमा आएको छ । यसलाई विस्तार गरेर १५ सय मिटर पु¥याइएपछि भरतपुर विमानस्थलमा ८० सिट क्षमता भएका जहाज समेत अवतरण गर्न सक्ने छन् ।
हाल भरतपुर विमानस्थलमा ४७ सिट क्षमताको जहाज मात्रै अवतरण हुने गरेको छन ।
यो विमानस्थल टु बी क्याटोगोरीमा पर्दछ । यसको अपग्रेडपछि थ्री सी हुनेछ ।” विमानस्थल विस्तारसँगै पश्चिम चितवन जाने चौबिसकोठी त्रिचोक सडकको भने विकल्प खोजीने भएको छ । पश्चिम चितवन जाने सडकका लागि रिजाल चोकको सडक, हाकिम चोकको सडक, लायन्सचोक क्यान्सर सडक प्रयोग गर्न सकिने बताइएको छ ।
काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...
काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...
काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...