नेकपा विवाद : केन्द्रिय कमिटीबाटै ओली हटाउने प्रचण्ड–नेपालको रणनिती – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

नेकपा विवाद : केन्द्रिय कमिटीबाटै ओली हटाउने प्रचण्ड–नेपालको रणनिती

नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल


नयाँ विकल्प
काठमाडौं–शक्ति बाँडफाडको विषयलाई लिएर आन्तरिक किचलाेमा फसेको सत्तारुढ नेकपाभित्रको विवाद फेरी बल्झिने संकेत गरेको छ ।

प्रधानमन्त्रीकाे राजिनामालाइ लिएर प्रधानमन्त्री केपी शर्मा अाेली तथा शिर्ष नेतृत्व प्रचण्ड र माधव नेपाल विच पटक पटक अनौपचारीक छलफल भएको थियो ।


पटक पटक भएकाे छलफमा प्रधानमन्त्री ओलीले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पद नछाडने अडान राखेपछि प्रचण्ड माधव समूहले केन्द्रीय कमिटी बैठकबाटै प्रधानमन्त्रीको राजीनामा माग्ने रणनीतिमा बनाएका हुन ।

शुक्रबार विहान ११ बजे नेकपाकाे स्थाइ कमिटी बस्दै छ ।


बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्ड–नेपाल समुह भेलाले केन्द्रीय कमिटी बैठक बोलाउन दवाब दिने निर्णय समेत गरेको छ ।

प्रचण्ड–नेपाल बाहेक झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर समेत उक्त भेलामा उपस्थीत थिए ।

प्रधानमन्त्री ओलीले आगामी महाधिवेशन अगाडि अध्यक्ष तथा चुनाव अघि प्रधानमन्त्री पद कुनै पनि हालतमा नछाडने अडान कायम राख्दै अाएका छन ।


साथै प्रधानमन्त्री ओलीले आफुलाई संसदबाटै हटाउन प्रचण्ड र नेपाल समुहलाई चुनौति समेत दिएका छन ।


शुक्रबार बिहान ११ बजे नेकपा स्थाइ कमिटीको बैठक बस्ने कार्यतालिका तय भएको छ ।
सो बैठकबाट स्थाई कमिटीको बैठक टुङग्याउने र केन्द्रीय कमिटी बैठक बोलाउने रणनितीमा प्रचण्ड ओली समुह लागका छन ।


नेकपामा अन्तिम निर्णयको अधिकार केन्द्रीय कमिटीलाई मात्र छ । स्थाई कमिटीको बैठकले गरेको निर्णय समेत केन्द्रिय कमिटीले अनुमोदन गरेपछिमात्र कार्यान्वयन हुन्छ ।

प्रधानमन्त्री ओली खेमाको बालुवाटारमा भएको छलफलमा कतिपय नेताले अहिले नै केन्द्रीय कमिटी बैठक बोलाउन नहुने तर्क गरेका छन ।


प्रचण्ड नेपालको यस्तो रणनितीपछि प्रधानमन्त्रीलाई उनि निकटका नेताहरुले केन्द्रीय कमिटी बैठक नै नबोलाउ सल्लाह दिएका छन ।

प्रधानमन्त्री ओली निकट बालुवाटारको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङ लगायत सहभागी थिए।


उनिहरुले सहमति नहुन्जेल कुनै पनि कमिटी बैठक राख्न नहुने सुझाव प्रधानमन्त्रीलाई दिएको बालुवाटार स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०७७ श्रावण २, ०७: २०

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ श्रावण २, ०७: २०

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...

भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ताको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ
  • २०७७ श्रावण २, ०७: २०

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने...