तमु समाज महिला विभागद्वारा कतारद्वारा सांस्कृतिक साँझ तथा दाजुभाई भेटघाट – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

तमु समाज महिला विभागद्वारा कतारद्वारा सांस्कृतिक साँझ तथा दाजुभाई भेटघाट

दोहा। नेपालको फरक भू–भाग र क्षेत्रका विभिन्न जातजातिहरुले आ–आफ्नो संस्कृति तथा परम्पराअनुसार प्रवासमा भए पनि विभिन्न चाडपर्वहरुमा भेटघाट र औपचारिक कार्यक्रमहरु गर्दै आएका छन्।
नेपालीहरु विभिन्न पेशा व्यवसाय तथा रोजगारीका शिलशिलामा जहाँ भए पनि आफ्नो संस्कृति मनाउने गरेको पाइन्छ।

हालै कतारको दोहामा प्रवासी तमु गुरुङ समाज महिला विभागले आ–आफ्नो भेषभुषा धर्म, संस्कृतिको जगेर्ना गर्दै भेटघाट तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी नेपालीबीच आत्मियता बढाउने कार्य गरेको छ।

तमु गुरुङ समाज महिला विभागद्वारा कतारद्वारा आयोजित सांस्कृतिक साँझ तथा दाजुभाई भेटघाट कार्यक्रमका प्रमुख अतिथि गैरआवसीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टले तमु गुरुङ समाजले नेपालको संस्कृति बचाउन खेलेको भूमिकाको कतारमा रहेका नेपाली समाजले उच्च मूल्यांकन गरेको बताए।

तमु गुरुङ समाज महिला विभाग कतारकी संयोजक शिला गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममन विशिष्ट अतिथि सामाजिक अभियन्ता विमल सुवेदीले समाजले कतारमा बसे पनि नेपालमा रहेको अनुभूति दिलाउने गरी कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद व्यक्त गरे।

सुवेदी दुई दशकअघि रोजगारीको शिलशिलामा कतार बसेर विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आएका नेपाली हुन्।

तमु गुरुङ समाज महिला विभाग अध्यक्ष टौंमाया गुरुङ, समाजका संरक्षक वुध्वाल गुरुङ, कृष्ण गुरुङ, भाइकाजी गुरुङ, नेपाली जन सम्पर्क समितिका सभापति मोहम्मल अजिज अली तथा पूर्णकाँध गुरुङलगायत कतारमा रहेका तमु गुरुङ समाजका सदस्यहरुको धेरै संख्यामा उपस्थिति थियो।

तमु गुरुङ समाज महिला विभागकी अध्यक्ष टौं माया गुरुङले यस्तो राष्ट्रिय पर्व वैशाख पूर्णिमाका दिन घाटुवाल नाच, वायुपुजा र चेलीवेटी भेटघाट तथा रात्रीभोजका बारेमा प्रकाश परेकी थिइन्।

त्यसैगरी, कवि तीर्थ संगम, अन्तर्राष्ट्रिय मुस्लिम समाजका अजमाद अली, शेर्पा विदुकका अध्यक्ष पेम्वा शेर्पा, राकेश श्रेष्ठ, आदिवासी जनजाति महासंघका सल्लाहकार पुरुषोत्तम सुनुवार, नेपाली महिला समाजका सचिव मेनुका भण्डारी, नेपाल जनप्रगतिशील मञ्चका सोवित गोलेसहित विभिन्न पेशा व्यवसाय तथा रोजगारीका कतारमा वस्ने नेपालीहरुको समारोहमा उपस्थिति थियो।

तमु गुरुङ समाज महिला विभागले आयोजना गरेको सो साँस्कतिक कार्यक्रममा नाचगान तथा गीतले सवैलाई हर्षित तुल्याएको थियो।

कार्यक्रममा कवि तिर्थ संगम राईको एउटा दाजुको कन्फ्रेसन शीर्षकमा कविता पाठ गरिएको थियो भने अतिथिहरुलाई भाङ्ग्रो ओढाएर स्वागत नाचबाट स्वागत गरिएको थियो। कार्यक्रमको अन्त्यतिर सबैले नाचेर गीत गाउँदा हल गुञ्जायमान भएको थियो।

सम्बन्धित समाचार

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०८१ जेष्ठ २८, १३: ५२

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०८१ जेष्ठ २८, १३: ५२

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • २०८१ जेष्ठ २८, १३: ५२

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...