गण्डकी प्रदेश प्रहरी अस्पताल उद्‍घाटन – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

गण्डकी प्रदेश प्रहरी अस्पताल उद्‍घाटन

नयाँ विकल्प

कास्की, पाेखरा – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गरेका छन

आइतबार आयोजित एक समारोहवीच पोखरा महानगरपालिका-७ मुस्ताङ चोकस्थित नव निर्मित भवनकाे अर्यालले उद्घाटन गरेका हुन ।

   उद्‍घटान समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक अर्यालले प्रदेश अस्पतालबाट दिईने सेवा सुविधालाई थप बिशिष्टिकृत गरी आगामी दिनहरुमा साधन सम्पन्न अस्पताल निर्माण गर्नको लागि बजेट व्यवस्थापन  लगायतका बिषयमा पहल गरिने बताए ।

अस्पतालबाट नेपाल प्रहरीमा कार्यरत तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरू स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने छन ।

  उक्त अवसरमा प्रदेश प्रहरी अस्पताल पोखराका प्रहरी नायव उपरीक्षक डिएसपी डा. नर्मन लामिछाने , प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको गरेका थिए ।

प्रहरी कर्मचारीहरु एवम् उनीहरुको सन्तती र अमर प्रहरी परिवार लगायत आम नागरिकहरुलाई प्रभावकारी रुपमा सेवा सुविधा प्रदान गर्ने उद्देश्य अनुरुप नेपाल प्रहरी कल्याण कोषको बजेटबाट कुल २८ लाख २३ हजार ४ सय ४७ रुपैयाँ ५९ पैसा लागतमा उक्त अस्पताल निर्माण भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

   कार्यक्रममा पोखरास्थित प्रहरी ईकाईहरुमा कार्यरत प्रहरी अधिकृतहरु, पूर्व प्रहरी संघका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीले उपत्यका सहित सातै प्रदेशमा उच्चस्तरिय अस्पताल निर्माणा गर्ने जनारएकाे छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ श्रावण ४, १५: ५५

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ श्रावण ४, १५: ५५

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ श्रावण ४, १५: ५५

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...