राष्ट्रपति नेकपा विवादमा फस्नु खेदजनक – नेता भण्डारी – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

राष्ट्रपति नेकपा विवादमा फस्नु खेदजनक – नेता भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको गरिमालाई अवमुल्यन गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद मिलाउने भूमिमा लाग्नु खेदजनक कार्य भएको कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले बताएका छन् ।

सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भण्डारीले राष्ट्रपति पदको गरिमालाई अबमुल्यन गर्दै नेकपाका दुई अध्यक्षलाई राष्ट्रपति निवास शितल निवासमा बोलाएर नेकपा भित्रको विवाद मिलाउने कार्य खेदजनक भएको बताएका छन् । उनले राष्ट्रपतिको यस किसिमको कदमले राष्ट्रपति जस्तो गरिमामय संस्था माथि नै प्रश्न चिन्ह उब्जिन पुगेको आरोप लगाएका छन् ।


गृह जिल्ला तनहुँ गएका नेता भण्डारीले नेपाललाई तत्काल हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरेका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा रहेको धर्मनिरपेक्ष मुलुकको पहिचान परिवर्तन गर्न पनि माग गरेका छन् ।

व्यास नगरपालिका वडा–१० स्थित दुम्सी भतेरीमा निर्माण गर्न लागिएको गौमाता संरक्षण केन्द्रको ट्रष्ट भवन शिलान्यास समारोहमा पूर्वमन्त्री समेत रहेका भण्डारीले हिन्दू धर्मको पहिचान मेटाएर नेपालको अस्तित्व समाप्त पार्ने खेल भईरहेको आरोप समेत लगाए ।

नेपाल हिन्दू धर्मको आस्था केन्द्र भएको हुँदा पनि हिन्दू राष्ट्र घोषणा गर्न ढिलाई गर्न गर्न नहुने भण्डारीको भनाई थियो ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ श्रावण ४, १७: ५५

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ श्रावण ४, १७: ५५

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ श्रावण ४, १७: ५५

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...