
नयाँ विकल्प,
काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्र एक्कासी पानी पसेर भएको दुर्घटनाको प्राविधिक त्रुटिका कारण भएको प्राविधिक टोलिले निश्कर्स निकालेको छ ।
मेलम्ची खानेपानी आयोजनाको १७ नम्बर ढोका एक्कासी गत असार २१ गत चार जनालाई बगाएको थियो । आयोजना निरिक्षमा पुगेको इन्जिनियरसहित चार जनालाई पानीको वहावले बगाएको थियो। घटनामा परेका इन्जिनियर सतिस गोइतको शव फेला परिसकेको छ
सवारी चालक राधाकृष्ण थापा अझै बेपत्ता छन । सुरूङभित्र रहेको हाइलक्स गाडी पनि ढोका नम्बर १७ बाट निस्केको पानीले बगाएर मेलम्ची खोलामा पुर्यारइदिएको थियो।
कसरी पानी बाहिर निस्कियो भन्नेबारे अध्ययन गरिरहेको प्राविधिक समितिले नटबोल्ट कसाइमै समस्या देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
घाइते भएका इन्जिनियर शेखर खनाल र प्राविधिक पेमा दोर्जे तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो।
घटनाबारे सत्य तथ्य पत्ता लगाउन खानेपानी मन्त्रालयले सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छ सदस्यीय प्राविधिक टिम गठन गरेको थियो ।
प्राविधिक टिमले १७ नम्बर ढोकाको नटबोल्ट राम्रोसँग नकस्सिँदा त्यहाँबाट पानी बाहिर निस्केको प्रारम्भिक निष्कर्ष निकालेका छ । उक्त घटनामा आयोजन सुरुङको गेट तथा गेट गेटलाई सपोर्ट दिएका पिल्लरमा भने कुनै क्षति पुगेको छैन ।
प्राविधिक टोलीले पानीको चाप थेग्न नसक्दा ढोका विस्तारै लुज भएको र दुर्घटना भएको जनाएको छ । यो सुरूङमार्गको काम चिनियाँ सिनो हाइड्रो कम्पनी र गेटलगायत निर्माण कार्य भारतको प्रिसिजन इनफाट्रिक कम्पनीले थियो ।
आयोजनाको मुहान (इन्टेक) बाट गत असार २१ गते करिब आठ सय मिटरसम्म सुरूङमा पानी हालेर सफल परीक्षण गरिएको थियो अम्बाथानबाट सुन्दरीजलतर्फ पानी परीक्षणका कार्य भइरहेका बेला गत मंगलबार सुरूङको १७ नम्बर ढोकाबाट तीव्र बेगले पानी आउँदा चार जनालाई बगाएको थियो।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...