नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नयाँ विकल्प अब डिजिटल संस्करणमा पनि

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा विगत तीन दशकदेखि अनवरत रुपमा प्रकाशित नेपालको राष्ट्रिय साप्ताहिक नयाँ विकल्प अब डिजिटल संस्करण सहित आम पाठक, दर्शक, श्रोताबिच आएको छ ।

नयाँ विकल्प राष्ट्रिय साप्ताहिक पहिलो संस्करणदेखि नै पाठकको पहिलो रोजाईमा पर्न सफल रह्याे । यसबीचमा भएका राजनीतिक परिवर्तन, उतार चढावका बाबजुद हाम्रो निष्पक्ष पत्रकारिता नै हाम्रो रोजाईको पहिलो कारण हो भन्नेमा हामीलाई कुनै शंका छैन ।

पत्रकारिताको पहिलो सर्त भनेकै निष्पक्षता र स्वतन्त्रता नै हो । यसमा हामी किमार्थ चुकेनौ र चुक्ने छैनौं । यो नै हाम्रो बटमलाईन हो ।

यही मान्यताका साथ हामी नयाँ विकल्प डटकम सहित फेरि डिजिटल संस्करण सहित आमपाठक, श्रोता र दर्शकसमक्ष लिएर आएका हौं ।

नेपाली पत्रकारितामा अनलाईन मिडियाको जुन योगदान छ, आमपाठक समक्ष प्रभावकारी रुपमा सूचना प्रवाह भइरहेको छ यो आफैमा अत्यन्तै महत्वपूर्ण छ ।

तर अनगिन्ती रुपमा खुलेका अनलाईन र तिनले प्रस्तुत गरेका समाचार सामग्री कति सत्य कति असत्य भन्ने प्रश्न यतिबेला तड्कारो रुपमा उठेकै छ ।

समाचारमा प्रस्तुत सामग्री समयमै आमपाठक समक्ष पुग्नुपर्छ । तर समाचार छिटो पुर्याउने प्रतिस्पर्धामा हामी कति सत्य र कति भ्रम पुर्याएका छौं, यो विषय पनि अब वहसमा आउनै पर्छ ।

सत्य तथा स्वतन्त्र पुष्टि हुने समाचार सामग्री समयमै पाठक समक्ष पुर्याउने हाम्रो पहिलो लक्ष्य हो । तर सूचना छिटो दिने प्रतिस्पर्धामा अपुष्ट, असत्य र प्रायोजित समाचारले नयाँ विकल्पमा कुनै स्थान पाउने छैन ।

पाठक समक्ष हाम्रो यो बाचा हो, यसलाई हामीले अग्नि परीक्षाका रुपमा लिने छौं ।

नेपाली पत्रकारीतामा नयाँ विकल्प डटकम को अलग्गै पहिचान बनाउने निरन्तर प्रयत्न रहने छ । पत्रकारिताका सिद्धान्तमा हामी कुनै हालतमा सम्झौता गरेनौं र आगामी दिनमा पनि गर्ने छैनौं ।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ हो भन्नेमा हामी अवगत छौं ।

२०४६ मा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यसंगै भर्खरै वामे सर्न लागेको प्रजातन्त्रको रक्षार्थ नयाँ विकल्प राष्ट्रिय साप्ताहिकबाट हाम्रो भूमिकाले यसको पुष्टी गरेको छ ।

पाठकबाट पाएको माया सद्भाव तथा स्नेह नै यसको उदाहरण पनि हो । सूचना प्रविधिको तिव्र बिकास, आमपाठकले पत्रकारिता जगत्बाट खोजेको अपेक्षालाई नयाँ विकल्प डटकमले पुरा गर्ने छ भन्ने हामीमा विश्वास छ ।

सञ्चार जगत्मा आईपर्ने सामान्य समस्याको पहिलो सिकार श्रमजिवी पत्रकार भइरहेको प्रति हामी अत्यन्तै चिन्तित छौं । श्रमजिवी पत्रकारको पेशागत रक्षाको लागि नयाँ विकल्प एक साँच्चिकै विकल्प बन्नुपर्छ भन्ने आवस्यकता महशुस गरेका छौं ।

आगामी दिनमा हामी योजनाबद्ध रुपमा अगाडि बढने तयारी मै छाैं।

अन्त्यमा नेपाली सञ्चार जगत्मा हाम्रो आगामी यात्रा अझै प्रतिस्पर्धी र गुणात्मक सुधार सहितको हुने छ ।

विगतमा तपाई पाठकहरुको जसरी माया र सद्भाव प्राप्त ग¥यौ आगामी दिनमा थप रचनात्मक सुझाव सहितको सहयोगको अपेक्षा गरेका छौं ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ श्रावण ६, १२: २१

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ श्रावण ६, १२: २१

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ श्रावण ६, १२: २१

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...