नार्गाजुन दरबार ‘समर प्यालेस’ को दुर्दसा–१ – Naya Bikalpa
September 20, 2026, Sunday      Epaper

नार्गाजुन दरबार ‘समर प्यालेस’ को दुर्दसा–१

नागार्जुन दरबार ‘समर प्यालेस’


नयाँ विकल्प
काठमाडौं– समर प्यालेस अर्थात राजपरिवारको लागि गर्मी छल्न र आराम गर्न निर्माण गरिएको नागार्जुन दरवारलाई आफ्नै अस्थिपञ्जरले यतिवेला थिचिरहेको छ, अर्थात जीर्ण बन्दै गएको छ ।
दिवंगत राजा वीरेन्द्र बीरविक्रम शाहले २०३९ मा निर्माण गरेको ‘समर प्यालेस’ राजपरिवारको लागि विरासत जस्तै हो ।

राजा त्रिभुवनको पालादेखि यो स्थान राज परिवारले प्रयोग गर्दै आएको थियो ।
११ बैशाख २०७२ को विनाशकारी भुकम्पबाट क्षतिग्रस्त बनेको यो ‘समर प्यालेस’ नत सरकारले पुनर्निर्माण गर्ने चासो दियो । नत आफ्नै पुर्खाको विरासत बोकेको भवन मर्मत संभारमा पूर्वराजा ज्ञानेन्द्रले नै चासो लिए ।


पूर्वराजपरिवारलाई आराम गर्न छहारी दिएको ‘समर प्यालेस’लाई विस्तारै रुख विरुवाले ढाक्दै छ, चर्केका भवनका भित्तामा वर्षाको पानी र हावाहुरीले थप कमजोर बनाउँदैछ । भवनको अवस्था हेर्दा लाग्छ, यो कुनैपनि वेला ढल्न सक्छ ।

समर प्यालेसको विषेशता


नागार्जुन दरवार अर्थात समर प्यालेस झन्डै २९ हजार रोपनी क्षेत्रफलमा फैलिएको नागार्जुन जंगलको वीचमा पर्छ । काठमाडौं उपत्यका करिव एक हजार फिटको उचाईमा अवस्थित यो समर प्यालेस प्राकृतिक र भौगोलिक अवस्थितिको रुपले अत्यन्तै महत्वपूर्ण भूभागमा रहेको छ । जहाँबाट पुरै उपत्यका राम्ररी देखिन्छ ।


नागार्जुन दरवार रहेको जंगलको बाहिरी क्षेत्र नेपाली सेनाको सुरक्षा घेरा भित्र र दरबार तथा पूर्वराजपरिवारका सदस्यको सुरक्षा शसस्त्र प्रहरी बलले दिने गरेको छ । घना जंगलको वीचमा रहेको ‘समर प्यालेस’ भौगोलिक तथा प्राकृतिक रुपमा पनि सुरक्षित मानिन्छ ।


राजपरिवारलाई विषेश आराम तथा गर्मी छल्न बनाईएको यो संरचना राजसंस्थाको अन्त्य संगै सरकारले पूर्वराजाको आग्रहमा उनैलाई आजीवन प्रयोग गर्न दिएको छ ।

विषेश पाहुनाको लागि अलग्गै बनाइएकोे घर


राजसंस्थाको अन्त्यको घोषणा (२०६५ जेठ १५ गते) पछि पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमलसहित नारायणहिटी छाडेर नागार्जुन बसाई सरेका थिए । जाडो मौसममा जाडो छल्न निर्मल निवास आउने र गर्मीको बेला नागार्जुन जाने क्रम भने विनाशकारी भुकम्पपछि रोकियो ।

पूर्वयुवराज पारश र उनको परिवार भने बढी समय निर्मल निवासमा विताउँथे । काठमाडौं र धादिङ जिल्लाको भू–भागमा रहेको नागार्जुन राष्ट्रिय निकुञ्जको करीव २७ रोपनी क्षेत्रफलमा फैलिएको यो स्थान राजपरिवारका सदस्य तथा उनीहरुको सुरक्षामा खटिनेलाई बस्नका लागि सहायक भवन पनि निर्माण गरिएको थियो ।

भुकम्पले जिर्ण बनाएका ती अधिकांश भवन भने अहिले प्रयोगबिहिन छन । विषेश पाहुनाको लागि अलग्गै घर बनाइएकोे छ । उक्त समर प्यालेसलाई नागार्जुन दरबारको भनिए पनि संरचनाहरु कटेज शैलीका छन् ।


प्रकृति संरक्षममा राजपरिवारको चासो

ती भवन निर्माण गर्दा प्रकृतिको संरक्षणलाई विषेश ध्यान दिएर भवनसंग जोडिएका रुखलाई नकाटी संरक्षण गरिएको छ भने बाटोको पर्खाला निमार्ण गर्दा पनि जंगल वीचका रुखलाई काटिएको छैन ।
पूर्वराजपरिवपारका लागि बनाइएको रिसोर्टलाई नै नागार्जुन दरबार भन्ने गरिएको छ ।

पूर्वराजा र राजपरिवारले शिकार खेल्ने, आराम गर्ने र गर्मी छल्ने उद्देश्यले रिसोर्ट बनाइएको हो । त्यहाँको मनोरम वातावरण र आनन्द भूल्न नसकेर ज्ञानेन्द्रले तत्कालीन सरकारसँग नागार्जुन मागेका हुन।

दरबारकाे मुख्य प्रवेश द्वार


नागार्जुन जंगलमा चितुवा, जरायो, चित्तल, मृग, घोरल जस्ता जंगली जनावरहरु पाइन्छन् । यद्यपी ती जंगली जनावरको शिकार अहिले पूर्वराजाले गर्न पाउँदैनन् । जंगबहादुर राणाको समयमा शिकार खेल्न प्रयोग गरिएको राजधानी नजिकैको यो घना जंगल तत्कालिन राजा पृथ्वी वीरविक्रम शाहको पालामा चन्द्र शमसेरले राज परिवारलाई दिएका थिए ।


यो जंगलभित्र भवनका संरचना भने त्रिभुवनका पालामा बन्न थालेका थिए । अहिलेको नागार्जुन दरवार भने ०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले निर्माण सम्पन्न गराएर ‘समर प्यालेस’का रुपमा प्रयोग गरेका थिए ।


तत्कालीन राजा वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रले सो जंगल र दरवार आफ्नो नाममा पारेका थिए । तर, गणतन्त्र स्थापनापछि दरवार र राजसंस्थाको नाममा रहेका सबै सम्पति राष्ट्रियकरण गरिएसँगै यो दरबार र जंगल पनि सरकारको नाममा गएको थियो ।

दरवार परिसरकाे पाेखरी


सरकारले २७ रोपनी क्षेत्रफलको दरवार मात्र ज्ञानेन्द्रलाई उपयोग गर्न दिएको भए पनि दबारबाहेक नागार्जुृन जंगल प्रवेशको मूल गेटमै सैनिक र सशस्त्र प्रहरी तैनाथ छन् । राजा वीरेन्द्रको लागि यो दरवार नारायणहिटी दरवारभन्दा कम प्यारो थिएन ।

दरवारका विषेश कार्यक्रम तथा विदेसी पाहुनाको लागि विषेश स्वागत गर्न यही समर प्यालेस बढी मात्रामा प्रयोग हुनुले यसप्रति दरवारको भावना जोडिएको स्पष्ट हुन्छ । दिवंगत राजा वीरेन्द्रको बंश नाशपछि पूर्वराजा ज्ञानेन्द्रका परिवार गर्मी याममा अक्सर यही दरवारमा बस्दै आएका थिए।


राजतन्त्रकाे अन्त्य र गणतन्त्रकाे घाेषणा पुर्व ज्ञानेन्द्रले सात दलका नेतासँग अन्तिम वार्ता त्यही गरेका थिए । पूर्वराजाले नागार्जुन दरबारमै आफू निकटस्थहरुसँग भेटघाट गर्न पछि सम्म नागार्जुन दरबारकाे शिशिर बास र हेमन्त बास नामका दुई बंगलालाई प्रयोग गर्ने गरेका थिए । नागार्जुन दरबार रहेको यो जंगल हाल शिवपुरी राष्ट्रिय निकुञ्जभित्र काठमाडौं र धादिङ जिल्लाको भूभाग ओगटेको छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ श्रावण ६, १४: ०१

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ श्रावण ६, १४: ०१

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ श्रावण ६, १४: ०१

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...