नार्गाजुन दरबार ‘समर प्यालेस’ को दुर्दसा–१ – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

नार्गाजुन दरबार ‘समर प्यालेस’ को दुर्दसा–१

नागार्जुन दरबार ‘समर प्यालेस’


नयाँ विकल्प
काठमाडौं– समर प्यालेस अर्थात राजपरिवारको लागि गर्मी छल्न र आराम गर्न निर्माण गरिएको नागार्जुन दरवारलाई आफ्नै अस्थिपञ्जरले यतिवेला थिचिरहेको छ, अर्थात जीर्ण बन्दै गएको छ ।
दिवंगत राजा वीरेन्द्र बीरविक्रम शाहले २०३९ मा निर्माण गरेको ‘समर प्यालेस’ राजपरिवारको लागि विरासत जस्तै हो ।

राजा त्रिभुवनको पालादेखि यो स्थान राज परिवारले प्रयोग गर्दै आएको थियो ।
११ बैशाख २०७२ को विनाशकारी भुकम्पबाट क्षतिग्रस्त बनेको यो ‘समर प्यालेस’ नत सरकारले पुनर्निर्माण गर्ने चासो दियो । नत आफ्नै पुर्खाको विरासत बोकेको भवन मर्मत संभारमा पूर्वराजा ज्ञानेन्द्रले नै चासो लिए ।


पूर्वराजपरिवारलाई आराम गर्न छहारी दिएको ‘समर प्यालेस’लाई विस्तारै रुख विरुवाले ढाक्दै छ, चर्केका भवनका भित्तामा वर्षाको पानी र हावाहुरीले थप कमजोर बनाउँदैछ । भवनको अवस्था हेर्दा लाग्छ, यो कुनैपनि वेला ढल्न सक्छ ।

समर प्यालेसको विषेशता


नागार्जुन दरवार अर्थात समर प्यालेस झन्डै २९ हजार रोपनी क्षेत्रफलमा फैलिएको नागार्जुन जंगलको वीचमा पर्छ । काठमाडौं उपत्यका करिव एक हजार फिटको उचाईमा अवस्थित यो समर प्यालेस प्राकृतिक र भौगोलिक अवस्थितिको रुपले अत्यन्तै महत्वपूर्ण भूभागमा रहेको छ । जहाँबाट पुरै उपत्यका राम्ररी देखिन्छ ।


नागार्जुन दरवार रहेको जंगलको बाहिरी क्षेत्र नेपाली सेनाको सुरक्षा घेरा भित्र र दरबार तथा पूर्वराजपरिवारका सदस्यको सुरक्षा शसस्त्र प्रहरी बलले दिने गरेको छ । घना जंगलको वीचमा रहेको ‘समर प्यालेस’ भौगोलिक तथा प्राकृतिक रुपमा पनि सुरक्षित मानिन्छ ।


राजपरिवारलाई विषेश आराम तथा गर्मी छल्न बनाईएको यो संरचना राजसंस्थाको अन्त्य संगै सरकारले पूर्वराजाको आग्रहमा उनैलाई आजीवन प्रयोग गर्न दिएको छ ।

विषेश पाहुनाको लागि अलग्गै बनाइएकोे घर


राजसंस्थाको अन्त्यको घोषणा (२०६५ जेठ १५ गते) पछि पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमलसहित नारायणहिटी छाडेर नागार्जुन बसाई सरेका थिए । जाडो मौसममा जाडो छल्न निर्मल निवास आउने र गर्मीको बेला नागार्जुन जाने क्रम भने विनाशकारी भुकम्पपछि रोकियो ।

पूर्वयुवराज पारश र उनको परिवार भने बढी समय निर्मल निवासमा विताउँथे । काठमाडौं र धादिङ जिल्लाको भू–भागमा रहेको नागार्जुन राष्ट्रिय निकुञ्जको करीव २७ रोपनी क्षेत्रफलमा फैलिएको यो स्थान राजपरिवारका सदस्य तथा उनीहरुको सुरक्षामा खटिनेलाई बस्नका लागि सहायक भवन पनि निर्माण गरिएको थियो ।

भुकम्पले जिर्ण बनाएका ती अधिकांश भवन भने अहिले प्रयोगबिहिन छन । विषेश पाहुनाको लागि अलग्गै घर बनाइएकोे छ । उक्त समर प्यालेसलाई नागार्जुन दरबारको भनिए पनि संरचनाहरु कटेज शैलीका छन् ।


प्रकृति संरक्षममा राजपरिवारको चासो

ती भवन निर्माण गर्दा प्रकृतिको संरक्षणलाई विषेश ध्यान दिएर भवनसंग जोडिएका रुखलाई नकाटी संरक्षण गरिएको छ भने बाटोको पर्खाला निमार्ण गर्दा पनि जंगल वीचका रुखलाई काटिएको छैन ।
पूर्वराजपरिवपारका लागि बनाइएको रिसोर्टलाई नै नागार्जुन दरबार भन्ने गरिएको छ ।

पूर्वराजा र राजपरिवारले शिकार खेल्ने, आराम गर्ने र गर्मी छल्ने उद्देश्यले रिसोर्ट बनाइएको हो । त्यहाँको मनोरम वातावरण र आनन्द भूल्न नसकेर ज्ञानेन्द्रले तत्कालीन सरकारसँग नागार्जुन मागेका हुन।

दरबारकाे मुख्य प्रवेश द्वार


नागार्जुन जंगलमा चितुवा, जरायो, चित्तल, मृग, घोरल जस्ता जंगली जनावरहरु पाइन्छन् । यद्यपी ती जंगली जनावरको शिकार अहिले पूर्वराजाले गर्न पाउँदैनन् । जंगबहादुर राणाको समयमा शिकार खेल्न प्रयोग गरिएको राजधानी नजिकैको यो घना जंगल तत्कालिन राजा पृथ्वी वीरविक्रम शाहको पालामा चन्द्र शमसेरले राज परिवारलाई दिएका थिए ।


यो जंगलभित्र भवनका संरचना भने त्रिभुवनका पालामा बन्न थालेका थिए । अहिलेको नागार्जुन दरवार भने ०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले निर्माण सम्पन्न गराएर ‘समर प्यालेस’का रुपमा प्रयोग गरेका थिए ।


तत्कालीन राजा वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रले सो जंगल र दरवार आफ्नो नाममा पारेका थिए । तर, गणतन्त्र स्थापनापछि दरवार र राजसंस्थाको नाममा रहेका सबै सम्पति राष्ट्रियकरण गरिएसँगै यो दरबार र जंगल पनि सरकारको नाममा गएको थियो ।

दरवार परिसरकाे पाेखरी


सरकारले २७ रोपनी क्षेत्रफलको दरवार मात्र ज्ञानेन्द्रलाई उपयोग गर्न दिएको भए पनि दबारबाहेक नागार्जुृन जंगल प्रवेशको मूल गेटमै सैनिक र सशस्त्र प्रहरी तैनाथ छन् । राजा वीरेन्द्रको लागि यो दरवार नारायणहिटी दरवारभन्दा कम प्यारो थिएन ।

दरवारका विषेश कार्यक्रम तथा विदेसी पाहुनाको लागि विषेश स्वागत गर्न यही समर प्यालेस बढी मात्रामा प्रयोग हुनुले यसप्रति दरवारको भावना जोडिएको स्पष्ट हुन्छ । दिवंगत राजा वीरेन्द्रको बंश नाशपछि पूर्वराजा ज्ञानेन्द्रका परिवार गर्मी याममा अक्सर यही दरवारमा बस्दै आएका थिए।


राजतन्त्रकाे अन्त्य र गणतन्त्रकाे घाेषणा पुर्व ज्ञानेन्द्रले सात दलका नेतासँग अन्तिम वार्ता त्यही गरेका थिए । पूर्वराजाले नागार्जुन दरबारमै आफू निकटस्थहरुसँग भेटघाट गर्न पछि सम्म नागार्जुन दरबारकाे शिशिर बास र हेमन्त बास नामका दुई बंगलालाई प्रयोग गर्ने गरेका थिए । नागार्जुन दरबार रहेको यो जंगल हाल शिवपुरी राष्ट्रिय निकुञ्जभित्र काठमाडौं र धादिङ जिल्लाको भूभाग ओगटेको छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ श्रावण ६, १४: ०१

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ श्रावण ६, १४: ०१

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ श्रावण ६, १४: ०१

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...