
काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विहिबार आयोजित डेंगी रोकथाम तथा नियन्त्रणसम्बन्धी अन्तकरक्रिया कार्यक्रममा मन्त्री पौडेलले संघीय सरकारले संचालन गरेका सबै अस्पतालहरुमा डेंगी नियन्त्रणका लागि छुट्टै डेस्क राखेर उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिइसकेको भन्दै त्यो तत्कालै कार्यान्यनमा आउने बताए।
मन्त्री पौडेलले विद्यालय, अस्पताल, क्याम्पस, तरकारी बजार, हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशिल बनाएर निगरानी गर्न आवश्यक रहेको बताए।
उनले बढी मानिसको उपस्थिति हुने ठाउँलाई निगरानी गरेको खण्डमा नियन्त्रणमा योगदान पुग्ने बताए।
स्वास्थ्यमन्त्री पौडेलले लामो बाहुले लुगा लगाउनेजस्ता जनचेतना अभिवृद्धि गर्न सके पनि महत्वपूर्ण उपलब्धि हुने बताए।
उनले जनचेतना अभिवृद्धि गर्नमा संघीयका अतिरिक्त प्रदेश र स्थानीय तहले समन्वयात्मक भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए।
स्वास्थ्यमन्त्री पौडेलले कार्यालय सफा गर्ने अभियान हरेक हप्ताको शुक्रबार बिहान १० देखि ११ बजेसम्म सञ्चालन गर्न आग्रह गरे।
भदौ र असोज महिनामा आफ्नो कार्यालय सफा गर्ने अभियान चलाउन सके मात्रै पनि डेंगी नियन्त्रणमा सहयोग पुग्ने उनले बताए।
नसर्ने रोगबाट नेपाली आक्रान्त रहेको भन्दै उनले सबै संघीय अस्पतालमा डेंगी उपचारका निम्ति छुट्टै डेस्क स्थापना गर्ने बताए।
डेंगी संक्रमण देखिए निःशुल्क उपचार हुने भन्दै उनले डेंगी खोज र नष्ट गर्ने कार्यलाई प्रभावकारी बनाउन उनले जानकारी दिए।
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...