
काठमाडौं। अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा एक दिने नेपाल भ्रमणको क्रममा शुक्रबार काठमाडौं आएका छन्।
व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
उनी आज दिन भर भेटघाट गर्ने र भोली बिहानै भारत जाने कार्यक्रम रहेको छ। उनी भारतका लागि पूर्वअमेरिकी राजदूत पनि हुन्। उनले आजै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्क रहेको बताइएको छ ।
काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक...
हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश...
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...