राष्ट्रपतिका कारण राजतन्त्र नै ठिक भन्ने जमात बढ्यो – कोइराला – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

राष्ट्रपतिका कारण राजतन्त्र नै ठिक भन्ने जमात बढ्यो – कोइराला


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने जमात बढेको बताएका छन् ।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं बीपी स्मृति दिवसका अवसरमा आयोजित अर्चुअल कार्यक्रममा डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताएका हुन् । कोइरालाले आमनागरिकमा राजा त तटस्थ हुन्थे भन्ने मानसिकता आमजनतामा देखिएको बताए ।

कांग्रेसको आगामी महाधिवेशनमा पार्र्टी सभापति शेरबहादुर देउवाइतरको समुहबाट एक जना मात्र सभापतिको उमेदवार हुने भन्दै कोइरालाले आफुहरुको समुहबाट सभापतिको उमेदवार को हुने भन्ने विषयमा छलफल भइरहेको बताए ।

कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने सबैले ‘म होइन, हामी’ भनेर लाग्नुपर्ने उनले वताए ।
‘राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सवैलाई हुन्छ, कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले सभापति देउवाइतरको पक्ष एक ठाँउ हुनुपर्छ ।’

कांग्रेसको नेतृत्व परिवर्तनका लागि सवैले त्यागको भावना देखाउने बेला आएको भन्दै डा. कोइरालाले महाविधेशनको मिति तय भइसकेपछि प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको आरोप लगाए ।

महाधिवेशन हुन ८ महिना बाँकी रहेको अवस्थामा विभागमा नियुक्त भएका साथीहरुले के काम गर्न सक्छन र ? भनी प्रश्न गरे । उनले सभापति देउवालाई सँधै सहयोग गरेको तर सभापतिले पार्टी एकलौटी गर्न नछोडेकाले आफु पनि सभापतिका विरुद्धमा लाग्न बाध्य भएको स्पष्ट पारे ।

अहिले नेकपासंग प्रतिष्पर्धाका लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेकोले त्यसका लागि अहिले नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।नेपाली कांग्रेस र मुलुक अब बीपी कोइरालाले देखाएको राजनीतिक आर्थिक तथा सामाजिक परिवर्तनको बाटोमा हिड्न आवश्यक रहेकोमा उनले जोड दिए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीलबहादुर घर्ती, बद्रीप्रसाद पाण्डे, गगन थापा लगायतले बीपी कोइरालाले राजनीतिक, प्रशासनिक र आर्थिक क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ श्रावण ६, १६: ०४

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ श्रावण ६, १६: ०४

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ श्रावण ६, १६: ०४

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...