देशभर बाढि पहिरोमा परी ९ जनाको मृत्यु – Naya Bikalpa
September 14, 2026, Monday      Epaper

देशभर बाढि पहिरोमा परी ९ जनाको मृत्यु

फाइल फाेटाे


नयाँ विकल्प


काठमाडौं– अविरल बर्षाका कारण मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ ।
काठमाण्डौको टोखा नगरपालिका–१ पासिडाँडामा मंगलबार दिउँसो आएको पहिरोमा परी सोही ठाउँ बस्ने राजकुमार रानामगरका ३ वर्षीय जुम्ल्यहा छोरा–छोरी सचिन रानामगर र सन्ध्या रानामगरको मृत्यु भएको छ ।

धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका–६ गोलाङपारी बनमा मंगलबार बिहान आएको पहिरोमा परी एकै परीवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया श्रीमती सम्झना खाँण र ३ वर्षीया छोरी अन्जिता खाँण रहेका छन ।


जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सल्यानटारबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा तीनै जनाको शव फेला निकालेका छन ।
नवलपरासी–वर्दघाट सुस्ता पूर्व बुलिङटार गाउँपालिका–२ टाँडीमा मंगलबार बिहान आएको पहिरोमा परी सोही स्थानका ६१ वर्षीय शेर बहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खिलमाया नेपालीको मृत्यु भएको छ ।


दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ औडाखान बस्ने ३५ वर्षीया लक्ष्मी ढोलीको घरमा सोमबार दिउँसो आएको पहिरोमा परि उनका भाईहरू २४ वर्षीय अर्जुन दर्जी र मिलन दर्जीको मृत्यु भएको छ ।
शंकरपु प्रहरीका अनुसार लक्ष्मी ढोली, उनको ९ वर्षीय छोरा सुभम परियार र छोरी सोनिया परियारलाई सकुशल उद्धार गरेको थियो । मृतक दुइजना दाजुभाई हुन

पहिरोका कारण क्षति

काठमाडौंको दक्षिणकाली नगरपालिका–९ लामा गाउँमा मंगलबार बिहान आएको अविरल वर्षाको कारण फर्पिङ हुमाने सडक खण्डमा पहिरो जाँदा बाटो अवरोध भएको छ ।
त्यस्तै पहिरोका कारण सोही ठाउँ बस्ने भवानी खत्रीको टहरा समेत पुरिँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।


अविरल वर्षाको कारणले ललितपुर जिल्लाका पाङ्दुर डोल, भलुखोला, नयाँगाउ, ससिता भञ्ज्याङ, मानिखेल रातो माटो, कालचे, रातो भिर, लुकुनी वेशी, रुम्वा टोल, खयर घारी, विरखेधारा, टिकाभैरबबाट धुसेल जाने बाटो मंगलबार बिहानदेखि अवरोध भएको छ ।

गोरखाको गोरखा नगरपालिका वडा नम्बर १३ र १२ आठ किलो तथा वडा नम्बर ११ को एघार किलोस्थित अमरसिंह राजमार्गमा मंगलबार बिहान आएको पहिरोका कारण बाटो अवरोध भएको छ ।


मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–२ कलंकी र सल्लेको बिचमा मंगलबार बिहान आएको पहिरोका कारण हेटौंडा–काठमाडौं सडकखण्ड अवरोध भएको छ ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ पादुकाखोलामा मंगलबार बिहान आएको पहिरोका कारण कर्णाली राजमार्गमा अवरोध भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाला, सोही गाउँपालिका–४ बिलनगर र आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित पृथ्वी राजमार्गमा मंगलबार बिहान आएको पहिरोका कारण पृथ्वी राजमार्गमा अवरोध भएको छ ।
पहिरोले अवरोध भएका स्थानहरूमा हटाउने कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ श्रावण ६, १७: ५८

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ श्रावण ६, १७: ५८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ श्रावण ६, १७: ५८

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...