
काठमाडौं। नेपालमा १० महिनापछि टिकटक सहजै चल्न थालेको छ।
गत वर्ष कात्तिकदेखि पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सद्भाव भड्काउन टिकटकको भूमिका रहेको भन्दै बन्द गराएको भन्दै बन्द गरेको थियो।
सरकारले टिकटकमा प्रतिवन्ध लगाए पनि भीपीएन प्रयोग गरेर सर्वसाधरणले टिकटक चलाउँदै आएका थिए।
केपी शर्मा ओली नेतृत्वको सरकारले टिकटकमा लगाएको प्रतवन्ध हटाउने निर्णय खारेज गरेपछि आजबाट भने अहिले बिना भीपीएन नै चलिरहेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ।
मन्त्रिपरिषद्बाट भने यो निर्णय हुन बाँकी छ। आज बस्ने मन्त्रीपरिषद् बैठकले यो निर्णय पारित गर्ने बताइएको छ।
नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको थियो।
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...