अवैध मृगौला प्रत्याराेपण प्रकरण: अभियुक्तमाथि अनुसन्धानगर्न पाँच दिनकाे अनुमति – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

अवैध मृगौला प्रत्याराेपण प्रकरण: अभियुक्तमाथि अनुसन्धानगर्न पाँच दिनकाे अनुमति

नयाँ विकल्प ,

काठमाडाैं-

ललितपु जिल्ला अदालत अवैध रुपमा मृगौला प्रत्यारोपणकाे अभियाेगमा पक्राउ परेका १२ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान थाल्न प्रहरीलाई अनुमति दिएको छ

।प्रहरीलेचितवनको पुरानो मेडिकल कलेजका राकेश बर्मा, सुप्रभात श्रेष्ठ, किरण अधिकारी र बालकृष्ण कालाखेती,जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत रामचन्द्र ढकाल, अस्पतालका कानुनी सल्लाहकार रमेश काफ्ले, जमुना राज भण्डारी,असइ भिमप्रसाद खनाल,योगेन्द्रराज तिमल्सिना, रेष्मा राई ललितपुर महानगरपालिका ३ नम्बर वडाका वडा अध्यक्ष श्रीगोपाल महर्जन र नवराज केसी लाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले ११ दिनअघि चितवनको पुरानो मेडिकल कलेजबाट ३ जना चिकित्सक र काठमाडौंबाट ९ जनालाइ नियन्त्रणमा लिएकाे थियाे ।

पक्राउ परेका सबैलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।

अस्पतालले मिर्गौला दिने र लिनेलाई २०७६ साल जेठ २० गते भर्ना गराएको थियो। तर मिर्गौला प्रत्यारोपण समितिले उनीहरूलाई प्रत्यारोपण गर्न २०७६ साल जेठ २६ गते मात्रै स्वीकृति दिएको ब्युरोको अनुसन्धानले देखाएको छ।

ललितपुरका ५३ वर्षीय व्यक्तिलाई मिर्गौला दिनका लागि ओखलढुंगाका एक गरिब परिवारका व्यक्तिलाई फकाइ महँगो रकम लिने प्रलोभन दिइएको पनि प्रहरी अनुसन्धानले देखाएको छ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ श्रावण ७, १७: ४७

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ श्रावण ७, १७: ४७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ श्रावण ७, १७: ४७

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...