सुरु भयो मापसे चेकिङ्ग, अनुगमन मा कडाई गदै ट्राफिक – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सुरु भयो मापसे चेकिङ्ग, अनुगमन मा कडाई गदै ट्राफिक


नयाँ विकल्प,


काठमाडौं– कोरोना संक्रमण ( कोभिड–१९) का कारण बन्द गरेको मापसे चेकिङ्ग ट्राफिक प्रहरीले पुन सुरु गरेको छ ।
त्यस्तै कडाउन शुरु भएदेखि महाशाखाले ट्राफिक नियम उल्लघंन गर्नेलाई गरिने कारबाही बन्द गरेको थियो ।


लेन पालना नगर्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, अनाधिकृत पार्किङ गर्ने, तीव्र गतिमा कुदाउने, हर्न बजाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउने जस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध पुन कारवाहि सुरु गरिएको महानगरिय ट्राफिक महाशाखाले जनाएको छ ।

बुधबार साँझ देखि मापसे चेकिङ्ग पुन सरु भएको पनि महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले जानकारी दिए । उनले मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी चलाएको भेटिएमा कारबाही गर्ने पनि बताए ।


महाशाखाका अनुसार बेर्थलाईजरको प्रयोग नगरी चालकले चलाउने तरिका, बोली र वचन हेर्ने तथा सर्वसाधारणबाट सूचना लिई कारबाही गरिने जनाएको छ ।


यदि कसैप्रति शंका लागेमा अस्पताल लगेर समेत मापसे गरे नगरेको परीक्षण गरिने जनाइएको छ ।
संक्रमणको जोखिम कायम नै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्न पनि महाशाखाले विशेष आग्रह गरेको छ ।
झण्डै चार महिनाको लकडाउन अन्त्य भएसंगै उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेको छ ।

लकडाउन खुले पनि कोरोना भाइरसको संक्रमण हुने जोखिम कायम नै रहेकोले आम सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयनका लागि महाशाखाले काडाई गर्ने जनाएको छ ।


सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेरनगरेको, चालक र यात्रुले मास्क लगाएकोरनलगाएको, तोकिएको भाडादर लिएरनलिएको, ५० प्रतिशत मात्र यात्रु राखेरनराखेको अनुगमन गर्ने र नियमानुसार नभए कारबाही गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताए ।

उपत्यकाका २९ स्थानमा चेकप्वाईन्टक मार्फत नियगमन गरिएको महाशाखाले जनाएको छ ।
साथै नियम विपरित संचालन भएका ८ सय ७२ वटा सार्वजनिक ट्राफिकले सम्झाएर छाडेको जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
  • २०७७ श्रावण ७, २०: १४

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ श्रावण ७, २०: १४

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ श्रावण ७, २०: १४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...