दूरसञ्चार प्राधिकरणद्वारा टिकटक खुला गर्न निर्देशन दिएसँगै खुल्न थाल्यो – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

दूरसञ्चार प्राधिकरणद्वारा टिकटक खुला गर्न निर्देशन दिएसँगै खुल्न थाल्यो

काठमाडौं। दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दुरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाएको जानकारी गराएको छ।

मन्त्रिपरिषद् बैठकले १५ दिनअघि नै टिकटकको प्रयोगमा लगाइएको प्रतिवन्ध हटाउने निर्णय गरे पनि प्राधिकरणले औपचारिक जानकारी गराएको थिएन।

नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना निकालेर सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिएको हो।

टिकटकले सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै गएको वर्ष कार्तिक २७ गते माओबादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो।

प्राधिकरणले टिकटिकमाथिको प्रतिवन्ध फुकुवा गर्न निर्देृशन दिएसँगै इन्टरनेट सेवा प्रदायक सबै कम्पनीहरुले टिकटिक एप्समाथिको प्रतिवन्ध खुलाएका छन्। यस्तो निर्णयसँगै सर्वसाधरणले सामाजिक सञ्जाल टिकटक बनाउँदै पोष्ट गर्न थालेका छन्।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ भाद्र २१, १७: ०८

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८१ भाद्र २१, १७: ०८

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०८१ भाद्र २१, १७: ०८

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...