
नयाँ विकल्प,
काठमाडौ । राजधानीको कलंकीबाट स्यूचाटार हुँदै भिमढुंगा जाने सडकमा पर्ने कृष्ण मन्दिर क्षेत्रमा गएको पहिरो नियन्त्रण गर्न जिम्मेवारी पाएका ठेकेदारले काम नगर्दा सडक अबरुद्ध भएको छ ।
नागार्जुन नगरपालिका वडा नं–७ कृष्णमन्दिर क्षेत्रमा रहेको पहिरो नियन्त्रणको लागि ठेक्का पाएको युएसजी कन्स्ट्रक्सन प्रालिले काम नगर्दा सो क्षेत्रका बासिन्दाले सास्ती भोगेका छन् ।
२०७६ साल पुस २७ गते ६३ लाख ७५ हजार ५३ रुपैयाँमा ठेक्का पाएका युएसजी कन्स्ट्रक्सनका संचालक उमेश कार्कीले कोरोनाको बाहानामा समयमै पहिरो नियन्त्रणको लागि तारजाली लगाउने काम नगर्दा पहिरो गएपछि सडक नै अवरुद्ध भएको छ ।

आगामी असोज २ गते भित्रमा पहिरो नियन्त्रण गर्ने गरी ठेक्का पाएको सो कन्स्ट्रक्सनले एक हजार एक सय ८९ घन मिटर माटो पुर्ने गरी तारजाली लगाउनु पर्नेमा साउन पहिलो सातासम्म ३४ प्रतिशत मात्र भएको नागार्जुन नगरपालिकाका इन्जिनियर कञ्चन खनालले बताए ।
ठेकेदारको लापरवाहीका कारण कृष्ण मन्दिर क्षेत्रको बाटाको पहिरो नियन्त्रणको काम नहुँदा पीच बाटो पहिरोले लगेको छ भने वरपरका घरहरु समेत जोखिममा परेका छन् ।
स्युचाटारहुँदै भिमढुंगासम्म जाने सवै किसिमका सवारी साधन बाटो पहिरोले लगेको, नयाँ नैकापहुँदै भिमढुंगा जाने सडक निर्माणका कारण बन्द हुँदा कलंकी चोकमा सवारी राखेर स्थानीय घर जान बाध्य भएका छन् ।
कलंकीबाट थानकोट जाने बैकल्पिक सडकको रुपमा लिइएको सो सडकमा पहिरो गएपछि स्थानीय नगरवासीले दुई सातादेखि सास्ती भोगेका छन् ।

स्यूचाटारबाट भाल्टार हुँदै जाने सडक उकालो र साँघुरो भएका कारण नागार्जुन ७ नम्वर वडावासीले अति दुख भोगिरहेका छन् । निर्धारित समयभन्दा एक महिना पहिले नै निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले जनाए पनि जिम्मेवारी पुरा नगरेको वडा कार्यालयले जनाएको छ ।
ठेकेदार कम्पनीले निर्धारित समयमा काम सम्पन्न हुन नसक्नुको कारण बताएको छैन र ढिलाइ भएकाले म्याद थप गर्न कुनै निवेदन पनि नदिएको वडा कार्यालयले जनाएको छ ।
युएसजी कन्स्ट्रक्सन प्रालिका संचालक उमेश कार्कीले लक डाउनको समयमा ठेक्का दिएको कम्पनीले कामदार राखेर काम गर्न नसकेको तर्क गरे । उनले कामदारलाई स्थानीयले डेरा भाडामा बस्न नदिएका कारण लकडाउनमा काम गर्न नपाएको दाबी गरे ।
ठेकेदार कार्कीको दाबी भने विश्वस्नीय छैन । स्थानीयले कामदारलाई डेरा नदिएको भनी ठेकेदारले समस्या परेको गुनासो नगरपालिकामा हालसम्म गरेका छैनन् ।
ठेक्का पाएर काम नगर्ने ठेकेदारको लापरवाही र ढिलासुस्तीका कारण राजधानीकै नगरपालिकाका बासिन्दा यतिविघ्न दुःख पाएका छन भने दूरदराजमा ठेक्का पाउने ठेकेदारले कति लापरवाही गरेको होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...