
श्रीमती हत्याको अभियोगमा जेलजीवन भुक्तान गरिरहेका कोइराला बिहीबार आज जेलमुक्त भएका हुन् ।
गत असार १५ गते सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालालाई ८ वर्ष ६ महिना मात्र कैद सजाय हुने फैसला गरेपछि उनी जेलमुक्त भएका हुन् ।
डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका काेइरला लाइ लिन उनकी प्रमेका तारा रेग्मी कारागारमै पुगेकी थिइन । काठमाडौंका–६ साबिक इचंगुनारायणमा बस्ने रञ्जनप्रसाद कोइराला सशस्त्र प्रहरीको डीआईजी पदमा कार्यरत थिए ।
रञ्जनले श्रीमती गीता ढकालको विभत्स हत्यापछि आफैले जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका थिए । मृतक गीता ढकाल र रञ्जनका दुई छोरा छन ।
गीतासंग नियतवश टाढिदै गएका कोइरालाले पछिल्लो समय चितवनकी तारा रेग्मीसँग प्रेमी सम्बन्धमा फसेका थिए ।
२७ पुस २०६८ मा रञ्जनले श्रीमती गीताको विभत्स हत्या गरेको खुलेको थियो ।
जिल्ला अदालत तथा उच्च अदालतले काेइरलाइ पत्नि हत्याकाे अभियाेगमा दाेषि ठहर गदै सर्वस्व सहित जन्मकैदकाे फैसाल सुनाएकाे थियाे ।
उच्च अदालतको फैसला विरुद्द विरुद्ध कोइराला २३ मंसीर २०७२ मा सर्वोच्च अदालत गएका थिए। मुद्दाको अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् ।
गिताकाे हत्यामा रञ्जनकी उनकी प्रेमिका तारा रेग्मीको पनि संलग्नता खुलेपछि उनलाई समेत घटनाको दोषी ठहर गरि एक वर्ष सजायको फैसला भएको थियो ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...