लकडाउनपछि संक्रमण राेक्ने उपाय खाेज्न देउवाकाे ओलीलाई ध्यानाकर्षण – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

लकडाउनपछि संक्रमण राेक्ने उपाय खाेज्न देउवाकाे ओलीलाई ध्यानाकर्षण

नयाँ विकल्प,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछिको चुनौतिको सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न विहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका सभापति देउवाले लकडाउनको अवधिमा कोरोना संक्रमित बीस हजार पुग्न लागेको र तीन दर्जनबढीको मृत्य भएको अवस्थामा लकडाउन खुलेपछि झन चुनौति थपिएकोमा ध्यानाकर्षण गराएका हुन् ।

देउवाले पिसिआर प्रविधिबाट मात्रै कोरोनाको परिक्षण बढाउन आग्रह गर्दैे क्वारेन्टाइनहरु अझै पनि मापदण्डयुक्त नभएकोमा सरकारको ध्यानाकर्षण गराउँदा समेत काम नभएकोमा आपत्ति जनाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यक्रमा तिव्रता दिन आग्रह गर्दै देउवाले
बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, वेपत्ता र सयौं घरबारबिहिन भएकोले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘कोरोना सृजित चुनौतिहरुको कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागहरुलाई गम्भीरतापूर्वक संवोधन गर्न’ सभपाति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको कांग्रेसले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ श्रावण ८, १६: १८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ श्रावण ८, १६: १८

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ श्रावण ८, १६: १८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...