
काठमाडौं। भारतीय अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराले छतबाट हाम फालेर आत्महत्या गरेका छन्।
उनको परिवार र चिनजानका मानिसहरु सो घटनाबाट स्तब्ध भएका छन्। घटना आज बुधबार बिहान ९ बजेको भएको हो।
अनिलले बान्द्रास्थित आफ्नै घरबाट हाम फालेर आत्महत्या गरेका थिए। कारणहरू अझै थाहा भएको छैन। शव पोष्टमार्टमका लागि पठाइएको छ। मलाइकाका पूर्वपति अरबाज खान परिवारका साथ घटनास्थल पुगेका छन्।
मलाइकाले बुबाको निधनको खबर पाएपछि पुणेबाट तुरुन्तै मुम्बई गएकी थिइन्। गत वर्ष अनिल अरोरालाई स्वास्थ्य समस्याका कारण मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो।
मलाइका आमा जोयससँग अस्पतालमा देखिएकी थिइन्। तर, उनको उपचारको कारण भने खुल्न सकेको छैन।
काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार...
काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...