बुद्ध एयरले वाराणसीमा थप्यो उडान, अव साताको तीन दिन उडान – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

बुद्ध एयरले वाराणसीमा थप्यो उडान, अव साताको तीन दिन उडान

काठमाडौं। बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ। उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने भएको छ।

बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ। साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले जनाएको छ।

बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ र अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ। यो उडानले यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ।

काठमाडौंबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ। वाराणसीका लागि सुरुआती एकतर्फी भाडा ११ हजार ३६० रहेको छ।

काठमाडौँबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ। बुद्ध एयरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२ नामक १६ गरी कुल १८ विमान छन्।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ आश्विन २, १६: ०१

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८१ आश्विन २, १६: ०१

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०८१ आश्विन २, १६: ०१

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...