नेपाल घुम्न आए अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

नेपाल घुम्न आए अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली

काठमाडौं। अपाङ्‍गता भएका १२ सहित ९६ जना इजरायली पर्यटक नेपाल भ्रमणमा आएका छन्।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालस्थित इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरे।

सालोम राफ्टिङ ट्रेक्स एन्ड एक्सपिडिसन र मास्टर हिमालयले उनीहरूको नेपाल यात्रा संयोजन गरेको हो। यी पर्यटक पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्र भ्रमणमा जाने भएका छन्।

मंगलबार राति नेपाल आएका उनीहरु बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकप्टर मार्फत मनाङको हुम्दे, त्यसपछि थोरङला पास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकप्टर मार्फत पोखरा र पोखराबाट काठमाडौं फर्किने तालिका छ।

अपाङ्‍गता भएका पर्यटक आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिकमात्र नभई अपाङ्‍गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रवाह गर्ने पर्यटन बोर्डले जनाएको छ।

इजरायली पर्यटक टोलीलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै राजदूत गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्‍गमैत्री गन्तव्य भएको भन्दै नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे।

नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे।

पर्यटन बोर्डका निमित्त बजार निर्देशक गौतमले अपाङ्ता भएका व्यक्तिको नेपाल भ्रमण गर्ने सोच र योजनाले विश्वरभरिका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए।

इजरायली दूतावासको समन्वयमा गत वर्ष पनि अपाङ्‍गता भएका पर्यटकको एक टोलीले नेपाल भ्रमण गरेको थियो। सन् २०२३ मा ६ हजार ४ सय १७ इजरायली पर्यटकले नेपाल भ्रमण गरेका थिए। २०२४ अगस्टसम्म ३ हजार २ सय ५ इजरायलीले नेपाल भ्रमण गरिसकेका छन्।

 

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ आश्विन २, १८: ०७

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८१ आश्विन २, १८: ०७

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०८१ आश्विन २, १८: ०७

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...