१४ औं महाधिवेशनको चटारो : सिटौलाले खोले सम्पर्क कार्यालय – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

१४ औं महाधिवेशनको चटारो : सिटौलाले खोले सम्पर्क कार्यालय


नया विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता कृष्णप्रसाद सिटौलाले महाराजगंज चक्रपथमा सम्पर्क कार्यालय खोलेका छन् ।

कांग्रेसको १४औं महाधिवेशनको लागि आगामी साउन १० गतेदेखि क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गर्ने कार्यसूची सार्वजनिक हुनासाथ सिटौलाले महाराजगंज चक्रपथबाट चण्डोलतर्फ जाने ज्ञानज्योति मार्गस्थित घर नंम्वर १८७ लाई भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन् ।

२०७२ साल फागुनको कांग्रेसको १३ औं महाधिवेशनमा तत्कालिन संस्थापन पक्षको महामन्त्री भएर बिद्रोह गरी छुट्टै प्यानल खडा गरी सभापतिमा उम्मेद्वारी दिएका सिटौलाले १४ औं महाधिवेशनको मुखमा सम्पर्क कार्यालय खोलेपछि कांग्रेसमा खुल्दुली मच्चिएको छ ।

सभापति शेरबहादुर देउवाले सभापतिमा तत्कालिन संस्थापन पक्षका उम्मेदवार रामचन्द्र पौडेललाई हराउनुको पछि मुख्य कारण सिटौलाले प्यानल नै खडा गरेर प्रतिष्पर्धामा उठ्नुलाई मान्ने गरेका छन् ।
सभापति देउवालाई १३ औं महाधिवेशनमा सघाएका सिटौलाले पछिल्ला २ वर्षयता देउवाको विरोधमा पौडेल समूहसँग मोर्चाबन्दी गर्दै आएका थिए । तर, १४ औं महाधिवेशनको मुखमा आफूलाई सो समूहले फेरि वाहिर पार्न सक्ने आशंका गर्दैै सिटौलाले सभापतिमा पुनः उम्मेदवारी दिन यस्तो तयारी गरेको हुनसक्ने कांग्रेस बृत्तमा चर्चा छ ।

सिटौलाले महाराजगंजमा सम्पर्क कार्यालय खोल्नुअघि नै सभापतिका आकांक्षीको रुपमा अघि आएका केशब\नोना पुत्र डा. शेखर कोइरालाले अनामनगरमा सम्पर्क कार्यालय खोलेर आफू नजिकका कार्यकर्ता र शुभचिन्तकसँग सम्पर्क बढाउँदै आएका छन् ।

कांग्रेस नेता तथा १३ औं महाधिवेशनमा सभापतिको उम्मेद्वार बनेका रामचन्द्र पौडेलले समेत आफ्नो सम्पर्क कार्यालय अनामनगरमा खोलेर आफ्नो समुहको बैठक र भेला गर्दै आएका छन् ।

संस्थापनइत्तर पक्षबाट सभापतिमा आकांक्षा देखाएका पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने आफ्नै निवास चाक्सीवारीलाई सम्पर्क कार्यालयको रुपमा प्रयोग गर्दै आएका छन् ।

कहिले सभापति देउवा र कहिले पौडेल– कोइराला समूहसँग नजिकिँदै आएका सिटौलालाई पौडेल– कोइराला समूहमा मिलाउन भगिरथ प्रयास गरिरहेका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको प्रयास पनि असफल भएको संस्थापन पक्षका नेताहरुको दाबी छ ।

सिटौलाले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने आधिकारिक घोषणा नगरे पनि उनलाई सम्पर्क कार्यालय खोलेर आफ्नो गुट÷समूहलाई बलियो बनाउन पूर्व स्वास्थयराज्य मन्त्री तारामान गुरुङले बलियो भूमिका खेलेका छन् ।

पूर्वस्वास्थ्य राज्यमन्त्री गुरुङ र नेविसंघकी उपसभापति तुलसा पन्त र महामन्त्री बलदेव तिमल्सिनाले उनलाई सम्पर्क कार्यालयको खोजी र व्यवस्थापनको जिम्मेवारी लिएको सिटौला निकट एक नेताले बताए ।

सम्बन्धित समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ श्रावण ९, १८: ४७

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ श्रावण ९, १८: ४७

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ श्रावण ९, १८: ४७

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...