
नयाँ विकल्प ,
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा निकटका पत्रकारलाई सितल निवासमा बोलाएर भलाकुसारी गरेकी छन ।
नेकपा निकट मिडियाका प्रधान सम्पादकहरु संगमात्र राष्ट्रपतिले भेट गरेको र अनौपचारीक रुपमा खुलस्त कुरा गरेको जनआस्था सम्पादक किशोर श्रेष्ठ फेशबुकमार्फत लेखेको छन ।

राष्ट्रपतिले वोलावट गरेका नेकपा निकट संचार माध्यमका प्रधान सम्पादकमा साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथाेकी, एवीसी टेलिभिजनका प्रधान सम्पादक शुभ शंकर कडेल,न्युनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष तथा प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल , थाहा खबर अनलाइनका प्रधान सम्पादक तीर्थ कोइराला तथा अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी लगायत छन ।
सो भेटमा पुर्वमाओवादी अर्थात प्रचण्ड नजिकका सम्पादक सुधिर शर्मा, उमेश चौहान, ओम शर्मा, नेकपा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल लगायतलाई भने बोलाईएको थिएन ।
नेकपा विवाद र राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको चौतर्फि आलोचना भइरहेकाे बेला राष्ट्रपतिले पुर्बएमाले निकट सम्पादकसँग भलाकुसारी गरेकी हुन । सो भेटमा पूर्वमाओवादी निकट शुभशंकर कडेल मात्र उपस्थित रहेका थिए ।
राष्ट्रपतिले ती पत्रकारलाई मात्र भेटनुको उदेश्य खुलाईएको छैन । आफ्नो पछिल्लो भूमिकाको विबादमा फसेका बेला राष्ट्रपतिले पूर्वएमाले र प्रधानमन्त्री केपी ओलीपक्षका मात्र पत्रकार भेटनु विग्रेको छवि संचार माध्यमबाट सुधारको प्रयासको रुपमा हेरिएको छ ।
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...