
नयाँ विकल्प,
काठमाडौं–आज नागपञ्चमी, हरेक वर्ष साउन महिनाको शुक्ल पक्ष पञ्चमी तिथिका दिन मनाइने यस पर्वमा नागको पूजा गरिन्छ ।
यसदिन नागको श्रद्धा विश्वासको साथ पूजा तथा आराधना गरिन्छ । नगपञ्चमी हिन्दु धर्मालम्बीहरुले घरको मुल ढोकामा नागको फोटो टाँसेर पुजा गर्ने चलन छ।
धर्म ग्रन्थ अनुसार गोरखनाथ रिसाएर नागलाई आसन बनाएर बसेपछि १२ वर्ष सम्म पानी नपरेको अनि गोरखनाथका गुरुले विषेश पुजा गरेपछि मात्र उपत्यकामा पानी परेको किम्बदन्ति छ ।
पुराणहरूमा उल्लेख भए अनुसार प्राचीनकालमा नागसँग सम्बन्धित नाग प्रजातिका मानव कश्मीरमा निवास गर्दथे। पछि यी सबै नागकुलका मानिस अन्यत्र छरिएर बस्न थाले।
कश्यप ऋषिका पत्नी कद्रूका ८ पुत्र थिए । जसबाट ८ नागका सन्तान विकसित भए । जसमा अनन्त,शेष,वासुकि,तक्षक, कर्कोटक, पद्म, महापद्म,शंख र कुलिक रहेका छन ।
यिनै आठ कुलको विस्तार भई नल, कवर्धा, फणि–नाग, भोगिन, सदाचं, धनधर्मा, भूतनंदि, शिशुनंदि या यशनंदि तनक, तुश्त, ऐरावत, धृतराष्ट्र, अहि, मणिभ, अलापत्र, कम्बल, अंशतर, धनंजय, कालिया, सौंफू, दौद्धिया, काली, तखतू, धूमल, फाहल, काना, गुलिका, सरकोटाजस्ता नाम गरेका नाग वंशी उत्पत्ति भएको मान्यता छ ।
अग्निपुराणमा ८० प्रकारका नाग कुलको वर्णन छ । महाभारत कालमा भारत वर्षमा नागा जातिको थुप्रै समूह रहेको विश्वास छ। कांगडा, कुल्लू र कश्मीर सहितका अन्य पहाडी इलाकामा आजसम्म पनि नाग जातिका ब्राहृमणको बसोबास रहेका छन ।
नाग वंशावलिमा ‘शेष नाग’ लाई नागहरूको प्रथम राजा मानिन्छ। शेषपछि वासुकी अनि तक्षक र पिंगला भए । वासुकीको राज्य कैलाश पर्वतको नजिक थियो। एक मान्यता अनुसार तक्षकले तक्षकशिला बसाएर आफ्नो नामबाट ‘तक्षक’ कुल चलाएका किम्बदन्ति रहेको छ ।
नाग पञ्चमीको विषेशता
नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ।
आजको दिनदेखि वर्षा समाप्त भई हिउँद सुरू भएको मानिन्छ। यस दिन नागका अष्टकुलको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ।
ज्योतिषशास्त्र(अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैन।
नाग पञ्चमीमा व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी प्रसादका रूपमा वितरण गर्ने चलन छ।
व्रत अवधिभरि कुनै किसिमको भोजन नगर्ने र व्रतको समाप्तिमा समेत नुन तथा चिल्लो परिकारहरूको प्रयोग गर्न वर्जित छ। साथै व्रतसँग सम्बन्धित अन्य सबै नियमको पालना गर्नुपर्दछ। आजका दिन नागपोखरी लगायतका धार्माक स्थलमा पुजाआजा गर्ने भक्तजनको भिड लाग्ने गर्दछ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...