
नया विकल्प,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पार्टीको उच्च स्तरिय कार्यसम्पादन समितिका सदस्य सुनिल बहादुर थापासहित २० जना केन्द्रीय तहका नेताहरुले शनिबार पार्टीमा सामूहिक राजिनामा बुझाएका छन् ।
‘उदार प्रजातन्त्रिक दृष्टिकोणको रक्षार्थ र मुलुकमा लोकतान्त्रिक पद्दतिका पक्षमा निरन्तर रहने गरि हामी आजका मितिदेखि राप्रपाको सबै तहका पद र जिम्मेवारीबाट अलग रहने घोषणा गर्दछौं’, राजिनामा पत्रमा भनिएको छ ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका पुत्र तथा राप्रपाका पूर्वमहामन्त्री सुनिल थापासँगै पार्टीमा राजिनामा दिनेहरु आगामी साउन १३ गते सम्भवत नेपाली कांग्रेसमा औपचारिक रुपमा प्रवेश गर्ने योजना रहेको छ ।
राजिनामा दिने थापासहित उच्चस्तरिय कार्य सम्पादन समिति सदस्यहरुमा सिन्धुपाल्चोकका विष्णु विक्रयम थापा, भोजपुरका बाबुराम बस्नेत, बाराका बृजलाल यादव, धनकुटाका पदम बहादुर बस्नेत, काठमाडौंका किरण गिरी रहेको छ ।
नेता गिरीका अनुसार सामूहिक राजिनामा दिने केन्द्रीय सदस्यहरुमा झापाका दिलिप राई, कैलालीका आशाराम चौधरी, संखुवासभाका चन्द्र कुमार घुण्डे गुरुङ, नुवाकोटकी श्रीमती राज्य लक्ष्मी श्रेष्ठ, झापाका चतुरमान विश्वकर्मा र सर्लाहीका राम पदारथ शाह रहेका छन् ।
त्यस्तै, राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरु धनुषाका बीरेन्द्र लाल कर्ण र भोजपुरका नारायण राउत, सिन्धुपाल्चोकका पूर्वजिविस उपसभापति इन्द्र बहादुर तामाङ्ग, सोही जिल्लाका पूर्वजिल्ला अध्यक्ष राज कुमार भट्टराई, पूर्वमहाधिवेशन प्रतिनिधि भोजपुरका डम्बर बहादुर राई, सिन्धुपाल्चोकका पूर्व जिल्ला कार्यसमिति सदस्य माधव पौडेल र सिन्धुपाल्चोककै पूर्व गाविस अध्यक्ष अर्जुन विक्रम थापालाइृ राप्रपा परित्याग गरेका हुन् ।
तीन दशकअघि राप्रपा स्थापना हुँदा राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा एउटा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने र राजनीतिक परिवर्तनलाई आत्मसात गरेर मुलुक र जनताको आकांक्षा सम्बोधन गर्ने लक्ष्यका साथ स्वर्गीय सूर्य बहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा दुइ राप्रपा गठन भएको थियो ।
पार्टीका संस्थापक अध्यक्ष सूर्य बहादुर थापाको निधन पश्चात पार्टीले सवल नेतृत्व गुमाउँदै पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा पनि विचलन देखा परेको दाबी गरेका छन् ।
संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिलेको नेतृत्वबाट भइरहेको आरोप राजिनामा पत्रमा लगाइएको छ ।
स्वार्थ र परिस्थिति अनुकुल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँुँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको र संस्थापकहरुको सपनामा पनि आघात पुगेको दाबा गरिएको छ ।
भागबण्डा मिलाएर पार्टी एकता पछि पनि त्यही अस्पष्ट दृष्टिकोण कायम रहेको भन्दै राजिनामा पत्रमा मधेशी समुदायको प्रतिनिधित्वलाई उपेक्षा गर्दै देशको संविधान, कानुन र पार्टीको विधानले निर्दिष्ट गरेको समावेशी सिद्धान्तको पालना नहुँदा धेरै जिल्लालाई केन्द्रिय प्रतिनिधित्वबाट नै वञ्चित गराइएको आरोप लगाइएको छ ।
राप्रपाका पूर्वप्रवक्ता समेत रहेका किरण गिरीले बिगत ३० बर्षदेखिको त्याग, तपस्या, लगानी र योगदानको तिलान्जली दिदै अध्यक्ष त्रयको रबैयाको कारण ,सैधान्तिक, नीतिगत र बैचारिक बिमतिका साथ राप्रपाको सबै तहको पद र जिम्मेवारी बाट अलग रहने घोषणा गरेको जनाएका छन् ।
यस्तो परिस्थिति आउनुमा अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा नै जिम्मेवार रहेको आरोप लगाइएको छ ।
थापासहितको नेताको राजिनामाले १ नम्वर प्रदेशको झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा र बागमति प्रदेशको सिन्धुपाल्चोकमा राप्रपालाई प्रत्यक्ष घाटा र कांग्रेसलाई सहयोग पुग्ने देखिन्छ ।
यसअघि गत फागुनमा भएको तीन राप्रपा एकीकरणको औपचारिक कार्यक्रममै थापाको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा लिइएको थियो ।
नेपाली कांग्रेसले शनिबारदेखि नै क्रियाशिल सदस्यता वितरण गर्न थालेपछि पार्टी नेताहरुको आग्रहमा थापाले राप्रपा परित्याग गरेका हुन् । थापा कांग्रेसमा प्रवेश गर्ने योजना बनेपछि कांग्रेस सभपाति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग यो विषयमा जानकारी दिइसकेका थिए ।
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...
ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...