
काठमाडौं। सर्वोच्च अदालतले चार जना महिलासहित १५९ जना कानुन व्यवसायीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ।
सर्वोच्च अदालतको विहीबार बसेको पूर्ण बैठकले ती १५९ जना अधिवक्ताहरुलाई बरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको सर्वोच्चको पूर्ण बैठकले नेपाल बार काउन्सिलको सिफारिसमा १५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो।
नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम मापदण्ड पुगेका अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको हो।
वरिष्ठ अधिवक्ताको उपाधि पाउने महिलामा काठमाडौंकी पूर्णिमा रिमाल, पर्वतकी सरिता शर्मा, मोरङकी कविता बस्नेत र कपिलवस्तुकी विष्णुमाया भुसाल छन्। शर्मा र भुसाल नेपाल ल क्याम्पसमा प्राध्यापनरत छन्।
कानुन व्यवसायी परिषद् ऐनको दफा २१ मा अधिवक्ताले कम्तीमा पेसाको उच्च मर्यादा राखी १५ वर्ष सर्वोच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानुन व्यवसाय गरेको हुनुपर्ने व्यवस्था छ।
हेनूस् सूची –





काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...