नेकपा विवाद: प्रचण्डसंग पूर्वएमाले र आफ्नै गुट शसंकित – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

नेकपा विवाद: प्रचण्डसंग पूर्वएमाले र आफ्नै गुट शसंकित


नयाँ विकल्प,


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्दले नयाँ ‘कोर्स ’ लिने संकेत गरेको छ । नेकपाभित्र पछिल्लो समय विकसित सत्ता परिवर्नन खेलले कतिपय परम्परागत गुट उपगुट भत्किएका मात्र छैनन, नयाँ गठजोडले नेकपा भोलि कुन दिशामा अगाडि बढ्ला भन्ने राजनितिक वृत्तमा कौतुहलता बढेको छ ।

लिपुलेख, लिम्पियाधुरा, कालापानीसहितको नेपालको भूमि समेटेर नक्शा जारी गरेपछि विकसीत राजनीतिको केन्द्रमा रहेको नेकपा सरकार र प्रधानमन्त्री केपी शर्मा ओली देशी विदेशी शक्तिको घेराउमा परेको बताइन्छ ।


सत्ता परिवर्तनमा विदेशी शक्ति नभइ आफू लागेको नेकपाकै अर्का अध्यक्षको भनाईपछि भने नेकपा भित्र अनेक गुट, उपगुट तथा समिकरणहरु समेत भत्किएको केही घटनाक्रमले पुष्टि गरेका छन ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई शत्ताच्युत गर्न वार कि पारको लडाईमा रहेका प्रचण्डसँग नेकपा भित्रको पूर्वएमाले समुहमात्र हैन आफनै गुट पूर्वमाओवादी समुह समेत शसंकित बनेको छ ।

किन शंका बढदै छ प्रचण्डमाथि ?

प्रधानमन्त्री ओलीले नेपाली भु–भाग समेटेर नेपालको नयाँ नक्शा जारी गरेपछि आन्तरिक दवाबमा परेका थिए ।
नेपालका गुप्तचरी निकायबाट ओलीले पाएको गोप्य सूचनाअनुसार उनालाई सत्ताच्युत गर्न भारतीय संस्थापन पक्ष जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको छ ।

भारतीय जासुरी संस्था रिसर्च एण्ड एनालाइसिस विङ्स ‘रअ’ तथा इन्टेलिजेन्स ब्यूरो ‘आईबी’ कसले बाजी मार्ने भन्ने प्रतिस्पर्धा चलेको छ ।
भारतीय संस्थापन पक्षका केही सञ्चार माध्यमले समेत नेपालमा ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने योजना भैरहेको खुलासा गरेका छन् ।

यता नेपालका जासुसी संस्थाबाट ओलीले पाएको जानकारी अनुसार उनलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी भित्री तयारी भैरहेको छ ।
प्रधानमन्त्री केपी सर्मा ओलीले सार्वजनिक रुपमा समेत यसको पर्दाफास गरेपछि प्रचण्डसंग नेकपा भित्रको पुर्व एमाले मात्र हैन पूर्वओवादी समुहका नेता समेत शसंकित बनेको छन ।

ओली सरकालाई जनताले विश्वास गरी बहुमत दिएको र भारतले बर्षौदेखि मिचिएको भूमि फिर्ता ल्याउने प्रयास भैरहेका बेला नेकपा भित्रका प्रचण्ड–माधब समुहले एक्कासी राजिनाको विषय उठाउनु देश हित तथा जनमत विरुद्ध हुने आवाज नेकपा भित्र चर्किदै गएको छ ।

को को किन टाढिए प्रचण्ड संग ?

३ जेठ २०७५ मा नेकपा एकिकरण हुँदा नेकपा एकिकरणका मुख्य योजनाकार मानिने तेस्रो वरियताका नेता विष्णु पौडेल पार्टी भित्र अस्वभावीक रुपमा अगाडि आए ।


पूर्वएमालेबाट उपमहासचिव मात्र रहेका पौडेल पूर्वएमालेका महासचिव इश्वर पोखरेल र पूर्वमाओवादीका महासचिव रामबहादुर थापालाई पछाडि पार्दै चामत्कारीक रुपमा अगाडि आउनुको एउटै कारण प्रचण्ड थिए ।

प्रचण्डको विश्वासपात्र मानिने विष्णु पौडेलले नेकपा भित्रको शक्तिशाली पद मानिने महासचिवमा छलाङ मारेसँगै अहिले आएर भने प्रचण्डको साथ पनि छोडिसकेका छन् । पौडेल यतिवेला ओलीको विश्वास पत्र बनिसकेका छन ।

पूर्वमाओवादी समुहका प्रभावशाली नेता राम बहादुर थापा प्रचण्डका विश्वाश पात्र मानिन्थे । प्रचण्डको समुहको सिफारिसमा गृहमन्त्री बनेका बादल प्रचण्डसंग विचको अविस्वास यति बढेको छ कि तिनै प्रचण्डले पटक पटक बादलाई गृहमन्त्रीबाट हटाउन प्रधानमन्त्री ओलीलाई दवाब दिइरहेका नेकपा उच्च स्रोतको दावी छ ।

१७ असोज २०७४ मा नेकपा एकिकरणमा महत्वपूर्ण भुमिका खेलेका तत्कालिन गृहमन्त्री समेत रहेका जर्नादन शर्मा माथि अनेक आरोप लाग्यो । शर्मा माथि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हटाउने गरी नेकपा गठबन्धन बनाउँन भूमिका खेलेको र आफनै सरकारविरुद्ध लागेको भन्दै उनलाई मुसा प्रबृत्तिको नेताको रुपमा कांग्रेसले ब्याख्या गर्यो ।

तिनै योजनाकारमध्येका एक जनार्दन शर्मा प्रचण्डका निकै विश्वासिला नेताका रुपामा चिनिन्छन । प्रचण्डले तिनै नेता जनार्दन शर्मा र उनकै गृहजिल्लाबासी बर्षमान पुन अनन्त दुवैलाई लडाउने र फाईदा लिने गरेको आरोप लागेको छ ।

प्रचण्डको यो दोधारे नीतिले उनका विश्वाश पात्र जनार्दन उनको गुटबाट विस्तारै टाढा हुन थालेका छन ।
नेकपा भित्र प्रचण्ड गुटका प्रभावसाली नेताहरु टोपबहादुर रायमाझी, उधोग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट मणी थापाले समेत प्रचण्डबाट टाढिएका छन ।

प्रचण्डसँग माधव पक्षको आशंका

ओली सरकार ढलाउन प्रचण्डले पूर्वएमाले समुहका बरिष्ठ नेता माधब कुमार नेपाललाई विश्वासमा लिने प्रयास गरेका छन । प्रचण्डले ओलीलाई हटाएर माधबलाई प्रधानमन्त्री बनाउने प्रस्ताब प्रति पूर्वएमाले समुह पनि विश्वस्त छैन ।

अध्यक्ष प्रचण्डले सत्ता परिवर्तनको लागि मात्र आफुहरुलाई प्रयोग गरेको आशंका नेपाल समुहले गरेको छ । नेकपाभित्र नेपाल समुह भित्र समेत जनमत विरुद्ध जान नहुने र ओलीलाई फालेर प्रचण्डलाई शक्तिशाली बनाउनु झन प्रतिउत्पादक हुने भन्दै प्रचण्डबाट टाढिनुपर्ने दवाब बढदै गएको छ ।

सम्बन्धित समाचार

२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
  • २०७७ श्रावण ११, १३: ५७

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
  • २०७७ श्रावण ११, १३: ५७

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
  • २०७७ श्रावण ११, १३: ५७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...