
नयाँ विकल्प
काठमाडौं– नेपाली सांगीतिक बजारमा यतिवेला एउटा गित निकै चर्चामा छ । सबैको मनमा बसेको त्यो गित हो– ‘के माया लाग्छ र’ !
निशान भट्टराई र एलिाना चौहानले गाएको गित युटुवमा मात्र करिव ६५ लाख बढिले हेरिसकेका छन । टिकटकमा सबैभन्दा बढि प्रयोग भएको यो गीत के बृद्ध, युवा –साना बाल–बालिकाको मुखमै झुन्डिएको छ ।
गित सर्वाधिक रुचाईनुको कारण गितमा प्रयोग भएका मौलीक शब्द, संगित तथा भिडियोमा समेत प्रयोग भएको मौलिकताको रहेको चर्चा सांगीतिक क्षेत्रमा भैरहेको छ ।
प्रसंग
‘के माया लाग्छ र’ गितले नेपाली संगित पारखीलाई जति लोभ्याएको छ , यस्तै गरि दुई सुन्दर युवतीले गुटुङटुङ अमेरीका लैजाने लोभमा युवाहरुलाई ठगि गरेका छन ।
महानगरिय अपराध महाशाखाको टोलिले सामाजिक सञ्जालको प्रयोग गरेर अनौठो शैलिमा युवाहरु ठगी गर्ने दुइ युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
टिकटक ,फेसबुक ,भाईवर जस्ता समाजिक सञ्जालको प्रयोगगरि नेपाली युवालाई विहेगरि अमेरीका लैजाने भन्दै ठगिगर्ने बाग्लुङ काठेगाँउपालिका–२ स्थाई घर भई भक्तपुर रोजभिलेज कोलोनीमा बस्ने २७ बर्षकी कोपिला शर्मा तथा सोहि स्थानकी–१९ बर्षिय अमिसा केसी महाशाखाले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
अमेरीका जाने लोभमा ठगिएका युवाहरुको उजुरीको आधारमा उनिहरुलाई रुपन्देहिको बुटबलबाट पक्राउ गरिएको हो ।
महानगरिय अपराध महाशाखाको प्रारंभीक अनुसन्धानमा ती युवतीहरुले काठमाडौ, पोखरा, बुटबल लगायतका अरु ठाउँका युवालाई पनि उहि शैलिमा ठगि गरेका छन । महाशाखाले ती युवतीबाट ठगिनेको संख्या सक्ने जनाएको छ ।
यस्तो थियो घटना
महानगरिय अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरिक्षक (एसपी) इश्वर कार्कीका अनुसार ठगीमा संलग्न कोपिला शर्मा र अमिसा केसी केसीले विभिन्न ब्याक्तिसंग सामाजिक सञ्जालबाट सम्पर्क गर्थे ।
सामाजिक सञ्जालमा युवाहरुसंग साथी बनेका उनिहरुले आफुहरु अमेरीकाको क्यार्लिफोनियामा बस्ने गरेको झुटो परिचय दिने गरेका थिए ।
ती दुवै युवतीको सम्पर्कमा आउने युवालाई आफुहरु विबाह नगरेको र विहेपछि साथमा युवालाई पनि अमेरीका लैजाने प्रलोभन पार्ने गर्थे ।
पिडित युवाहरुको उजुरी अनुसार अमिसा केसीले ६,लाख ६० हजार ठगी गरेकी छन ।
कोपिला शर्माले आफू अमेरीकाको डिभी परेको र हाल लकडाउका कारण नेपालमा बसोबास गर्नु परेको भन्दै युवाहरुलाई प्रलोभनमा पार्ने गरेकी थिइन ।
कोपीलाले नेपालमा डिपार्टमेन्ट स्टोर खोल्ने र पार्टनर बनाउने भन्दै विभिन्न युवाको ब्याक्तिसंग पाँच लाख बढि ठगेकी छन ।
घटनाबारे थप अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।
काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...
काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...