
नयाँ विकल्प,
काठमाडौं– नेपाल प्रहरीको मुख्यालय ( प्रहरी प्रधान कार्यालय) नक्सालमा कार्यरत ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाईएको छ ।
संक्रमित चार जनाको सम्पर्कमा रहेका १९ प्रहरीलाई आईसोलेसनमा राखिएको प्रहरी मुख्यालयले जनाएको छ ।
नयाँ विकल्प संग कुरा गदैं नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता (एआइजी बढुवा सिफारिस) निरज बहादुर शाहीले ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनिहरुको सम्पर्कमा रहेका अन्य १९ जना प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको बताए ।
‘कोरोना संक्रमणको पुष्टि भएपछि हामीले स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार नै उच्च सर्तकता अपनाएका छौं,। शाहीले भने
प्रहरी प्रधान कार्यालय नक्सालको सवारी चालक शाखामा कार्यरत प्रहरीबाट संक्रमण अरुपमा समेत फैलिएको हुनसक्ने भन्दै उनिसंगको सम्पर्कमा रहेका अन्य प्रहरीको पनि ‘कन्ट्राक्ट ट्रेसिङ, भैरहेको छ ।
हाल सम्म कोरोना संक्रमण नियन्त्रणकालागि पहिलो पत्तिमा खटिएका झन्डै तिन सय सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...