संस्थापन पक्षकाे दाउ–पौडेल पक्षलाई पेलेरै ठेगान लगाउने – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

संस्थापन पक्षकाे दाउ–पौडेल पक्षलाई पेलेरै ठेगान लगाउने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता रामचन्द्र पौडेल र उनको समूहलाई पेलेर जाने रणनीति बनाएका छन् ।

संस्थापन पक्षका नेताहरुको सामाजिक सञ्जालमा आलोचना र टिप्पणी गर्ने अमेरिकास्थित जनसम्पर्क समितिका पूर्वपदाधिकारी विष्णु सुवेदी र बेल्जियमस्थित जनसम्पर्क समितिकी सभापति सीता सापकोटालाई अनुशासनको कारबाही गर्ने उदेश्यले स्पष्टिकरण सोधेसँगै असन्तुष्टपक्षलाई पेलेर जाने रणनीतिमा संस्थापन पक्षको रहेको बुझिएको छ ।

त्यस्तै, महाधिवेशनको घोषणापछि विभागहरु गठन गर्न नहुने पौडेल समूहको दवाव र आग्रहलाई सभापति देउवाले बेवास्था गरेका छन् । सभापति देउवाले आफ्ना पक्षका २० केन्द्रीय सदस्यहरुलाई संयोजक तोकेका छन् ।

पाँच महिनाअघि संयोजक तोकिएको विभागका धमाधम गठन गर्न थालिएको छ । सभापति देउवाको निर्देशन र सल्लाहमा देशव्यापी रुपमा विभागमा बस्ने आकांक्षीहरुको नाम संकलन गर्ने काम भने सहमहामन्त्री डा. प्रकाशशरण महतले गर्ने गरेका छन् । संस्थापन पक्षले तरुण विभाग र महिला विभागलाई पूर्णता दिइसकेको छ ।

सभापति देउवाले आफूहरुको सहमति र सल्लाह विना नै अनुशासन समिति मार्फत स्पष्टिकण सोध्न थालेको र विभागहरु गठन गर्न थालेको भन्दै संस्थापनइतर समूहले ‘विधान र निर्वाचन आचारसंहिता उल्लंघन’ गरेको दाबी गर्दै गत साउन १ गते केन्द्रीय निर्वाचन समितिलाई उजुरी दिइसकेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले विभाग गठन प्रक्रिया र स्पष्टिकरण सोध्ने क्रमलाई रोक्न आग्रह गरेका थिए । नेताहरुले पत्र बुझाएपनि विभाग गठन र विस्तारको क्रम सभापति देउवाले रोकेका छैनन् ।

समिति गठन गर्दा नाम नदिएर। आज भोली भन्दै टार्ने काम पौडेल समूहले गरेकोले विभागलाई पूर्णता दिएर नै महाधिवेशनमा जाने रणनीति लगाएको छ । सभापति देउवाले सहमतिको लागि असन्तुष्ट पक्षको सुझाव र सल्लाह पर्खदा पर्खदै ढिलाइ भएको उनी निकट नेताहरुले वताएका छन् ।

१३औं महाधिवेशनमा पराजित भएदेखि नै पौडेलसमूहले संस्थापन पक्षलाई असहयोगको रणनीति अख्तियार गरेको भन्दै सभापति देउवा पोडेलसँग चिढिएका छन् ।

संस्थापन इत्तरका नेताहरुले अब बन्ने विभागमा नबस्न आग्रहर आव्हान गरिरहे पनि देउवाले पौडेल समूहकै कतिपय नेता कार्यकर्तालाई विभागीय जिम्मेवारी दिँदै आफ्नो पक्षमा ल्याइसकेका छन् ।

देउवा समूहबाट १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका विश्वप्रकाश शर्मा स्थानीय तह, प्रदेश तह र संसदीय निर्वाचनको पूर्वसन्ध्या र पछि देउवा समूहमा थिएनन । तर उनलाई प्रवक्ताका साथै प्रचार विभाग दिएर पुनः आफ्नो पक्षमा ल्याएका छन् ।

त्यस्तै, पौडेल समूहबाट उम्मेदवार भएर १३ औं महाधिवेशमा केन्द्रीय सदस्यमा विजयी भएका गोविन्द प्रसाद भट्टराई र चीनकाजी श्रेष्ठलाई देउवाले आफ्नो समूहमा ल्याइसकेका छन् । भट्टाराई जनसम्पर्क समिति विभाग र श्रेष्ठलाई उद्योग तथा व्यवासाय विभागको प्रमुखको जिम्मेवारी देउवाले दिइसकेका छन् ।

महाधिवेशनमा देउवा समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको नेता चन्द्र भण्डारी स्थानीय, प्रदेश र संसदीय निर्वाचनको समयमा देउवा समूह छाडेका थिए । तर १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा भण्डारी फेरि युवाहरुको बेग्लै गुट बनाउने भन्दै ढुलमुल भएका छन् । उनी युवा नेता गगन थापाको सम्पर्कमा छन भने देउवा समूहका एनपी साउदसँगको उठबसमा व्यस्त छन् । उनी माहाधिवेशन आउने समयसम्म पौडेल समूहमा रहलान वा नरहलान ठेगान छैन ।

पौडेल निकटकै नेता–कार्यकर्ताहरुले पनि यतिवेला संस्थापन पक्ष नजिक भएका छन् । केही दिनअघि मात्र विस्तार गरिएको महिला विभागमा सभापति देउवाले वरिष्ठ नेता पौडेलनिकट तरुण नेत्री लक्ष्मी खतिवडालाई मनोनित गरेर देखाइ दिए । खतिवडालाई महिला विभागको सचिव बनाइएको छ ।

देउवाले अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरुलाई क्रियाशिल सदस्यता वितरण गरेको विषय पनि यतिवेला पौडेल समूहलाई टाउको दुखाईको विषय भएको छ । देउवाले खेलकुद विभाग, तरुण विभाग र महिला विभागका प्रमुखहरुले सभापति देउवाबाट सदस्यहरु मनोनयन गराइसकेका छन् ।

हालसम्म संयोजक तोकिएका विभागहरु
१ संगठन विभागः गोपालमान श्रेष्ठ
२ संघीय मामिला तथा प्रदेश समन्वय विभागः रमेश रिजाल
३ मुस्लिम विभागः फरमूल्लाह मन्सुर
४ स्थानीय तह समन्वय विभागः अर्जुनप्रसाद जोशी
५ वित्तीय तथा सहकारी संस्था समन्वय विभागः आनन्दप्रसाद ढुंगाना
६ तराई–मधेश समन्वय विभागः अजयकुमार चौरसिया
७ यातायात व्यवसायी समन्वय विभागः महेन्द्र यादव
८ तरुण विभागः शंकर भण्डारी
९ आदिवासी जनजाति विभागः सीता गुरुङ
१० नेपाली जनसम्पर्क समिति समन्वय विभागः गोविन्द भट्टराई
११ उद्योग व्यापार विभागः चीनकाजी श्रेष्ठ
१२ सूचना, सञ्चार तथा प्रचार विभाग विश्वप्रकाश शर्मा
१३ श्रमिक तथा ट्रेड युनियन विभागः शिवप्रसाद हुमागाईं
१४ शुभेच्छुक संस्था समन्वय विभागः एनपी साउद
१५ वन, वातावरण तथा विपत व्यवस्थापन विभागः अम्बिका बस्नेत
१६ महिला विभागः ईश्वरी न्यौपान
१७ राज्य प्रशासन विभागः केशवकुमार बुढाथोकी
१८ मोहनबहादुर बस्नेतः खेलकुद विभाग
१९ निर्माण व्यवसायी समन्वय विभागः वीरबहादुर बलायर
२० शिक्षा विभागः हरिप्रसाद नेपाल रहेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ श्रावण १२, १४: ०३

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ श्रावण १२, १४: ०३

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ श्रावण १२, १४: ०३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...