
नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार आयोजित एक समारोहबीच नेपालमा १७ अर्ब लागतको अनुदानमा भारतले पेट्रोलियम पाइपलाइन बनाइदिने सम्झौतामा सम्झौता भएको छ।
यस सम्बन्धमा बिहिबार नेपाल आयल निगम (एनओसी) र इण्डियन आयल कर्पोरेसन (आइओसी) बीच ‘बिटुबी’ सम्झौता भएको हो।
दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट र आइओसीका पाइपलाइन निर्देशक सिम्थल कुमारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
तीन वटा परियोजना आइओसीले अनुदानमा बनाइदिने भएको छ। जसअनुसार अमेलेखगञ्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पाईपलाइन विस्तार र ९१ हजार ९ सय किलोलिटर क्षमताको पेट्रोलियम भण्डारण स्थल निर्माण गर्ने वारेमा सम्झौता भएको निगमले जनाएको छ।
निगमका अनुसार भारतको पश्चिम बंगला राज्यस्थित सिलीगुरीबाट झापाको चारआलीसम्म ५० किलोमिटर लामो पाईपलाईन र १८ हजार ९ सय किलोलिटर क्षमताको भण्डारणस्थल (स्मार्ट ग्रिनफिल्ड) निर्माण हुने भएको छ।

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...