सरिता गिरीको ठाउँमा झापाकी सिटौला सांसद बनिन – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सरिता गिरीको ठाउँमा झापाकी सिटौला सांसद बनिन

नया विकल्प,
काठमाडौं । तत्कालिन संघीय समाजवादी पार्टीको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएकी सरिता गिरीलाई पार्टीले हटाएपछि झापाकी सिटौला सांसद बन्ने भएकी छन् ।

समाजवादी पार्टीको संसदीय दलको सिफारिसमा सरिता गिरीलाई निर्वाचन आयोगले सांसद सदस्य पदबाट निष्ककाशन गरेपछि उनको स्थानमा सिटौलाको नाम सिफारिस भएको थियो ।

निर्वाचन आयोगले लीला सिटौलालाई प्रतिनिधिसभा सदस्यमा निर्बाचित गरेको घोषणा सोमबार गरेको हो । सिटौला सांसदमा निर्वाचित भएको सूचना निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेपछि संघीय संसद सचिवालयले सिटौलालाई सांसदको सपथ खुवाउने व्यवस्था गर्नेछ ।

तत्कालिन संघीय समाजवादीबाट सांसद भएकी गिरीले गत जेठ ३१ गते नेपालको निसानछापमा रहेको नक्सा संशोधनको लागि प्रतिनिधिसभामा पेश भएको संविधान संशोधनको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा अनुपस्थित भएकी थिइन् ।

गिरीले नेपालले कालापानी लिम्पियाधुरा र लिपुलेकलाई समेटर नयाँ नक्सा जारी गर्नुअघि भारत सरकारलाई किन नसोधेको भनी विरोध जनाएकी थिइन् ।पार्टीले गिरीलाई निष्कासन गरेपछि रिक्त रहेको समानुपातिकतर्फ खसआर्य समूहमा सिटौलालाई पार्टीले सांसदकाे लागि सिफारिस गरेकाे थियाे ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ श्रावण १२, १५: ४०

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ श्रावण १२, १५: ४०

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ श्रावण १२, १५: ४०

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...