ओलीलाई मंगलबारको स्थायी कमिटी बैठकबाट हटाउने प्रचण्ड–नेपालकाे तयारी – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

ओलीलाई मंगलबारको स्थायी कमिटी बैठकबाट हटाउने प्रचण्ड–नेपालकाे तयारी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद त्याग गर्न तयार नभए मंगलबार बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय गरेर हटाइने भएको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सोमबार प्रचण्ड निवास खुमलटारमा भएको बैठकले यस्तो तयारी गर्ने निष्कर्ष निकालेको हो ।

नेकपाका असन्तुष्ट नेता प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डा फर्काउनु पर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री ओली बैठकमा अनुपस्थित भएमा अर्का अध्यक्ष प्रचण्डले बैठक चलाउने तयारी भएको एक नेताले जनाए ।

गत असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठकमा कोरोना नियन्त्रण र उपचार तथा लकडाउन, सीमा समस्या, सरकार र पार्टीको कामको समिक्षा र एमसीसी एजेण्डाको रुपमा ल्याइएको थियो ।

स्थायी कमिटी बैठक चलिरहेकै बेला प्रधानमन्त्री ओलीले मदन भण्डारी स्मृति दिवसको अवसरमा असार १४ गते भारतले आफूलाई सरकारबाट हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरु पनि लागेको अभिव्यक्ति दिएपछि असार १६को बैठकमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले सो अभिव्यक्तिको आलोचना गर्दै ओलीको राजीनामा मागेका थिए ।

स्थायी समितिको दुई दिनको बैठकमा बोल्ने २३ मध्ये २२ नेताले ओलीको विपक्षमा धारणा राखेका थिए ।

सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजिामा मागेका थिए तर, ओलीले मंसिरमा महाधिवेशनको प्रस्ताव गर्दै आफूले पाँच बर्षसम्म सरकार चलाउने बताउँदै आएका थिए ।


प्रचण्ड र नेपाल पक्षले ओलीको राजिनामा मागेसँगै दुवै अध्यक्षबीचको दर्जनौं पटकको बैठकबाट पनि सहमति जुट्न नसकेपछि स्थायी समितिको बैठक १२ पटकभन्दा बढी सरीसकेको छ ।


प्रधानमन्त्री ओलीको दुवै पदबाट राजिनामा माग्ने स्थायी समिति सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल र बामदेव गौतम भने यतिवेला ओलीसँग नरम देखिएका छन् ।

सम्बन्धित समाचार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी स्वर्णिम वाग्लेलाई
  • २०७७ श्रावण १२, १६: २६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...

प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
प्रधानमन्त्री शाह अमेरिका जाँदा हुने छैन परम्परागत सलामी र बिदाइ
  • २०७७ श्रावण १२, १६: २६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
एसियाली खेलकुद : पुरुष कबड्डीमा नेपाल पाकिस्तानसँग पराजित
  • २०७७ श्रावण १२, १६: २६

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...