
नयाँ विकल्प
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शनिबार अलग भएका सो पार्टीका उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य तथा पूर्वमहामन्त्री सुनिलकुमार थापासहित ३१ ब्ढी नेताहरु मंगलबार ३ बजे कांग्रेस प्रवेश गर्ने भएका छन् ।
कांग्रेस उपसभापति विमलेन्द्र निधी र राप्रपा परित्या गरेका नेता थापाबीच सोमबार साँझ भएको छलफलपछि राप्रपा परित्याग गरेका नेताहरु कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी प्रवेश गर्ने भएका हुन् ।
सहमति अनुसार नेता थापालाई पार्टीको सहमहामन्त्री बनाउने र अन्य नेताहरु सिन्धुपाल्चोकका विष्णुविक्रयम थापा, भोजपुरका बाबुराम बस्नेत, बाराका बृजलाल यादव र काठमाडौंका किरण गिरीलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको छ ।
थापाले राप्रपाको कार्यसम्पादन समिति सदस्य भएका धनकुटाका पदमबहादुर बस्नेतलाई पनि केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका छन् ।
सहमतिअनुसार शनिबार राप्रपाको केन्द्रीय सदस्यबाट राजिनामा दिने झापाका दिलिप राई, कैलालीका आशाराम चौधरी, संखुवासभाका चन्द्रकुमार घुण्डे गुरुङ, नुवाकोटकी श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, झापाका चतुरमान विश्वकर्मा र सर्लाही रामपदारथ शाह पनि मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने भएका छन् ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिबाट राजिनामा दिएका किरण गिरी भने आमाको आसौच बारेर बसेका कारण औपचारिक कार्यक्रममा उपस्थित नहुने भएका छन् ।
मंगलबार कांग्रेस प्रवेश गर्नेहरुमा राप्रपाका पूर्वकेन्द्रीय सदस्यहरु धनुषाका बीरेन्द्रलाल कर्ण र भोजपुरका नारायण राउत, सिन्धुपाल्चोकका पूर्वजिविस उपसभापति इन्द्र बहादुर तामाङ्ग, सोही जिल्लाका पूर्वजिल्ला अध्यक्ष राजकुमार भट्टराई, पूर्वमहाधिवेशन प्रतिनिधि भोजपुरका डम्बरबहादुर राई, सिन्धुपाल्चोकका पूर्वजिल्ला कार्यसमिति सदस्य माधव पौडेल र सिन्धुपाल्चोककै पूर्वगाविस अध्यक्ष अर्जुनविक्रम थापा पनि मंगलबार नै कांग्रेस प्रवेश गर्ने छन् ।
त्यस्तै राप्रपा बारा जिल्ला अध्यक्षबाट राजिनामा दिएका हरेन्द्रप्रसाद यादव,उपाध्यक्ष रुपनारायण यादव, जिल्ला सदस्य भिखारीलाल यादव, मोरङका पूर्वजिल्ला सदस्य महेन्द्र बस्नेत, सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सदस्यबाट राजिनामा दिएका गोपी ठकुरी कांग्रेस प्रवेश गर्ने छन् ।
सिन्धुपाल्चोकका डोलनाथ आचार्य, दबिबल तामाङ, ध्रुव थापा, धनकुटा यूवा संगठनका वरिष्ठ उपाध्यक्ष मदन घिमिरे, राप्रपा धनकुटाका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित सम्पूर्ण जिल्ला सदस्य र राप्रपा धनकुटाका सम्पूर्ण नगर, गाउँ, क्षेत्रीय इकाइ समितिका पदाधिकारी र सदस्यहरु कांग्रेस प्रवेश गर्ने भएका हुन् ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...