नेकपा विवाद : ओलीको सहमति विना बैठक डाक्न सक्लान त प्रचण्ड ? – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

नेकपा विवाद : ओलीको सहमति विना बैठक डाक्न सक्लान त प्रचण्ड ?


नयाँ विकल्प,


काठमाडौं– नेकपा भित्रको विवाद जटिलतालर्फ जानसक्ने सम्भावना बढेको छ ।
प्रचण्ड निवासमा सोमबार विहान संस्थापनइतर पक्षका नेताहरुको बैठकको निर्णयअनुसार प्रचण्ड अगाडि बढे भने स्वयं प्रचण्ड नै एक्लिन सक्ने सम्भाना बढदै गएको देखिन्छ ।

सोमबारकाे छलफलमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, युवराज ज्ञवाली, देव गुरुङ, पम्फा भुसाल, वर्षमान पुन, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा उपस्थित थिए ।

छलफलमा उपस्थित नेताहरुले मंगलबार स्थाई कमिटीको बैठक बोलाउने र यसकालागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नमाने प्रचण्डले नै अध्यक्षता गर्ने गरि बैठक बोलाउने निर्णय गरेका छन ।


प्रचण्डले सक्लान त एकल बैठक बोलाउन ?

पूर्वएमाले र पूर्वमाओवादी एकिकरण भएपछि नेकपामा दुई अध्यक्षमार्फत पार्टीका सञ्चालन हुदै आएको छ । पार्टीको एकता महाधिवेशन पूर्व दुवै अध्यक्षको सहमतिबाटै पार्टीका काम कारवाही अगाडि बढाउने सहमति विपरित प्रचण्ड अगाडि बढ्न सक्ने अवस्था छैन ।


पार्टी एकिरणमा नेकपा भित्रको दोस्रो पुस्ताका नेताहरु रामबहादुर थापा, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायतको सक्रियता रहेपनि कतिपय विषयमा बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेतालाई प्रत्यक्ष सहभागी बनाईएको छैन ।


नेकपा एकीकरणपछि महाधिवेसनसम्म सहमतिका आधारमा दुई अध्यक्षको सहमतिमा पार्टी अगाडी बढाउने सहमतिकाे संदेश आमकार्यकतासम्म पुगेको छ । एकीरणको वेला भएको समहति विपरित जाने नेतृत्व चाहे केपी ओली हुन या प्रचण्ड आमकार्यकताको तारो बन्न सक्ने खतारा उत्तिकै छ ।

पार्टी एकीकरणको बेला भएको भद्र सहमति आफैमा एक विधान पनि हो । यो अनुसार झन्डै दुईवर्ष पार्टी सञ्चालन हुने र अहिले आएर सहमति विपरित निर्णय आफैमा अवैधानिक नै हुन्छ ।
नेकपाका एक नेताका अनुसार प्रचण्ड चाहे पार्टीमा जतिसुकै बहुमतमा रहेपनि एकल रुपमा निर्णय गरेर पार्टीका कामकारवाहि अगाडि बढाउन सक्तैनन ।

उनले यस्तो दुष्साहस गरेभने त्यसपछि उत्पन्न परिणामको जिम्मा पनि उनैले लिनुपर्छ उनको लागि यो निर्णय आत्मघाति नै हुन्छ ।

मंगलबारको बैठक चलाउने, नियमित एजेन्डामा छलफल गर्ने, त्यसबीचमा सहमतिका लागि प्रधानमन्त्री ओलीसँग संवाद गर्ने र सहमति नभए निर्देशन दिने गरी खुमलटारमा छलफल भएको सहभागी एक नेताले बताए ।

खुमलटारमा छलफल हुनुअगाडि प्रचण्डले उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए । छलफलमा सचिवालय सदस्य रामबहादुर थापा बादल भने सहभागी भएनन् । प्रधानमन्त्री ओली र उनीनिकट नेता पार्टी विधानअनुसार सहमतिविना प्रचण्डले एकतर्फी बैठक वोलाउन सक्तैनन् ।


ओली–नेपाल विच नयाँ समिकरणको संभावना

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा विरुद्ध अर्का अध्यक्ष प्रचण्ड सत्ता परिवर्तनको खेलमा लागेपछि केपी ओली पनि उनलाई ठेगान लगाउने रणनिति अनुसार अगाडि बढेका छन ।

नेकपा उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलिले असन्तुष्ट नेता नेपाललाई आगामी महाधिवेशनमा अध्यक्षमा सहयोग गर्ने प्रस्ताव अगाडि सारेका छन । ओलीको यो प्रस्तावमा नेपाल विश्वस्त हुनसके भने प्रचण्ड एक्लिन सक्ने सम्भावना बढि छ ।

नेकपा भित्रको आन्तरिक किचलो बढदै जादाँ प्रचण्ड आफनै गुटमा समेत एक्लिदै गएका छन । प्रचण्ड निकट मानिने उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, लेखराज भट्ट टोपबहादुर रायमाझी, लगायत पुर्व माओवादीका प्रभावशाली नेता टाढिदै गएका छन ।

सम्बन्धित समाचार

शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
शिक्षा–स्वास्थ्य करले गरिबलाई असर गर्दैन : अर्थमन्त्री वाग्ले
  • २०७७ श्रावण १३, १०: ०७

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्।...

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली
  • २०७७ श्रावण १३, १०: ०७

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले...

वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छ : प्रचण्ड
  • २०७७ श्रावण १३, १०: ०७

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी...