
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाईसेन्स) खारेज गरेको छ।
प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै इमेलसहितको सेवा दिने सी.डाटा कम्युनिकेसन र लाइफ नेटलाई कारवाही गरेको हो।
सी.डाटाले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन नगरेको हुँदा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कार्तिक दुई गते देखि नै लागू हुने गरी अनुमतिपत्र (लाइसेन्स)खारेज गरिएको प्राधिकरणले जनाएको छ।
लाइफ नेटले भने नविकरणकका तोकिएको समयावधिभित्र निवेदन पेश नगरेकोले दुरसञ्चार ऐन २०५३ को दफा २५ बमोजिम भदौ अन्तिमबाट स्वत रद्ध भएको प्राधिकरणले जनाएको छ।
सो कम्पनीले आगामी ३० दिन भित्रमा नियमानुसार नविकरण शुल्क तिर्न बुझाउनु सक्ने प्राधिकरणले जनाएको छ। अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ।
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...