
नयाँ विकल्प,
काठमाडाैं–नेपाल प्रहरी मुख्यालयमा कार्यरत थप चार जना कर्मचारीमा कोरोना संक्रमण भएको छ।
योसँगै मुख्यालयमा संक्रमित हुनेको संख्या ३५ पुगेको छ। संक्रमित सबैलाई बलम्बुस्थित एपिएफ अस्पतालमा भर्ना गरिएको छ।
केन्द्रीय प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बुधबार थप चार जनामा संक्रमण देखिएको जानकारी दिए। आज थपिएका संक्रमित पनि पहिले देखिएका संक्रमितहरूको ट्रेसिङमा परेको शाहीले जनाए।
प्रहरी मुख्यालयमा रहेकाे सवारी शाखामा कार्यरत सवारी चालक, मेकानिक्स, मेसमा काम गर्ने कर्मचारी बढि संक्रमित बेनका छन । संक्रमितहरूको संगका सम्पर्कमा आएकाहरूकाे कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।
मुख्यालयमा कार्यरत अरू प्रहरीमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएकाे छ । संक्रमितकाे संख्या बढ्न सक्ने देखिएकाे मुख्यालय स्राेतले जनाएकाे छ ।
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...
काठमाडौं : नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...