थाई एयर एसियाले उडान सुरु गरेको एक महिनामै नेपालमा प्रतिबन्ध – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

थाई एयर एसियाले उडान सुरु गरेको एक महिनामै नेपालमा प्रतिबन्ध

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ।

आइतबार उडान अनुमति नलिई यात्रुसहित थाइल्यान्डबाट काठमाडौं आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्ध गरिएको हो।

सँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए)को इजाजतसमेत निलम्बन गरिएको छ।

तत्कालका लागि उसको जिएसएलाई दिइएको अनुमतिसमेत खारेज गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

वायुयानलाई अनुमति नलिई काठमाडौं ल्याउने काम सम्बन्धित जिएसए कम्पनीको भएकाले जिएसए खारेज गरिएको उनले बताए।

थाई एयर एसियाको नेपालका लागि जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल हो। यो वायु सेवाले भैरहवाबाट उडान सुरु नगरेसम्म हिउँदे उडान तालिका अनुसार काठमाडौंमा मात्रै उडान गर्न नपाउने सर्त प्राधिकरणले राखेको थियो।

उक्त सर्तको उल्लङ्घन गर्दै गर्मीयामको उडान तालिकाअनुसार जहाज काठमाडौं आएपछि कारबाही अघि बढाइएको हो। करिब एक घण्टा आकाशमै होल्ड गरिएको उक्त जहाजलाई विशेष चार्टर उडानको अनुमति दिएर अवतरण अनुमति दिइएको थियो।

जहाजको उडान अनुमति शनिबार नै सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक जगन्नाथ निरौलाले बताए।

सम्बन्धित समाचार

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त
  • २०८१ कार्तिक १२, १३: ५९

काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८१ कार्तिक १२, १३: ५९

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...

रास्वपाका २० जना सांसद चीन प्रस्थान
रास्वपाका २० जना सांसद चीन प्रस्थान
  • २०८१ कार्तिक १२, १३: ५९

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको छ । पार्टी महामन्त्री...